back
CTIZAN AD

यसकारण शंसयमा राजनेता खोज्ने ‘रियालिटी शो’

वि.सं.२०७६ पुस ३ बिहीवार

939 

shares

शहर अहिले नेता उत्पादन गर्ने कारखानाको खबरले खुब उत्साहित छ । सायद राजनेता बन्न चाहानेहरुका भिडले फेरी एकपटक रौँसिन सक्छ शहर । उत्पादन गर्ने कारखानाको उद्धेस्य जे भएपनि उत्पादीत युवाहरु साँच्चै राजनेता बनुन् सुभकामना । चिसिदैँ गरेको काठमाडौँ उक्त खबरले तातिएको बेला विश्वभरी नेताहरु कसरी राजनेता भएर स्थापित भएका रहेछन् भनेर खोज्ने जाँगर चल्नु स्वाभाविक हो । यो पङतीकारलाइ पनि चल्यो गुगल इन्जीनमा क्रसर चलाउने जाँगर ।

अझ नेता उत्पादन गर्ने कारखाना नेता बन्ने प्रयासमा अरु सबैलाई दोषी देखाएर आफैं सेतो परेवा बन्नेहरुको हाँप झाँप देखेपछि गुगलको सर्च इन्जिनमा क्रसर नचलाई नहुने नै देखियो । यही मेलोमा खोजियो इमान्युयल म्याक्रो जस्ता दुई बीसको जिन्दगीको अनुभव समेत नगर्दै फ्रान्सको राष्ट्रपति बनेको कथा । अनि खोजियो ३४ वर्षमै फिनल्यान्ड हाँक्दै गरेकी साना मारीन र चौरानब्बे वर्षमा मलेसिया हाकिरहेका डा. महाथीर विन मोहम्मदलाई पनि ।
खोज्दैँ जाँदा भेटियो मोदीदेखि ओलीसम्म र म्याक्रोदेखि साना सम्म सबै संगठन निर्माण र त्यसैको जोडमा कामयाव बनेको । अनि एउटा दर्शन र लाइनमा सत्ता सम्हालेको । शायद अहिले देश र पार्टी हाक्ने नेताहरु सँगठनको तल्लो तहवाटै उठेका नेता मात्र छन् क्यारे दुनियामा ।

यो लेखनिले सुरु हुँदै गरेको नयाँ कारखानाको आलोचना गरेजस्तो ठहरिएला । तर उद्देश्य त्यस्तो होइन । बरु शुभकामना छ–नयाँ कारखानाबाट उत्पादित नेता भित्तामा झुन्ड्याउन मात्रै होइन, मन मस्तिष्कमै सजाउन लायक बनुन् ।

टेलिभिजन सोमा चलाउने नयाँ कारखानाका आफ्नै पावन्दी होलान्, नेता उत्पादन गर्ने । त्यँहा उत्पादन हुने राजनेताहरुले देशका लागि केहि गरुन् । जनजनका अपेक्षा यीनै हुन् । अहिलेसम्म हामीले खर्चिएको समयको अनुभवले भने यस्ता शाहरुले राजनेता उत्पादन गरेको देखिएको छैन । यदी रहेछ भने भविष्यमा यस्ता कार्यक्रमका डिजाइनरहरुले बताउँलान् ।
अहिले विश्वमा ४० वर्षभन्दा कम उमेरमै देश हाकेका इम्यायुनल म्यमक्रो देखि ३४ वर्षमै देश हाँकिरहेकी साना मारीन लगायत थुप्रै युवा राजनेताहरुको सूची भेटिन्छ । यी कोही पनि टेलिभिजन रियालिटी सोको उत्पादन होइनन् ।

सेवास्टीयन क्रुज अष्ट्रीयाका प्रधानमन्त्री बन्दा ३१ वर्षका थिए । सन् २०१७ मा प्रधानमन्त्री भएर २०१९ अक्टोबर महिनामा प्रधानमन्त्रीबाट हट्दा क्रुज जम्मा ३३ वर्षका थिए । इमानुयल म्याक्रो, भ्लादीमिर ग्रीम्सन र इमाइल दामीत्रीच यी सबै देशले असाध्यै रुचाएका आ–आफ्ना देशका विशिष्ट राजनितीज्ञ हुन् । यीनीमध्ये कोही पनि कुनै रियालिटी सोका उत्पादन होइनन् । यीनिहरुको कारखाना जनताको जनमत हो र त्यो जनमतको विश्वास यीनिहरुले गरेको संगठनको उपज हो । यी बाहेक ४० वर्षभित्रै आ–आफनौ राजनीतिक जीवनको उच्चतह हासिल गर्ने नेताहरु नेपालमा पनि थुप्रै छन् । जसलाई राजनेता भन्न कुनै हिचकिचाहट मान्नै पर्दैन । पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा होस् या विपी कोइरालाले नेपाली काङ्ग्रेस यी दुवै ४० वर्षभित्रै त्यो शिखर चुमेका थिए । पछिल्लो समयका सबभन्दा चर्चित राजनेता मदन भण्डारी ३१ वर्षकै उमेरमा पार्टीको सुप्रीमो बनिसकेका थिए ।

महान गौतम बुद्ध २९ वर्षमै बुद्धत्वका लागि निस्किएका महान मानव हुन् । हालको नेपालको परिकल्पना राजा पृथ्वीनारायण शाहले ४० वर्ष नपुग्दै गरेका थिए । यी पनि कोही रियालिटी सोका उत्पादन थिएनन् ।

यसैकारण हो पछिललो समय राजनेता उत्पादन गर्ने भनिएको उक्त सोको आलोचना भएको । राजनेता हुन कुसल संगठक, चतुर वैचारिकता र दर्शनमा स्पष्टताको आवश्यकता पर्दछ । यी सवल पक्षसहितका राजनेता यो सोले उत्पादन गरोस् फेरि पनि शुभकामना ।

तर कार्यक्रमका बारेमा पछिल्लो समय गरिएका आशंकाका कारण यस कार्यक्रमबाट राजनेता त होइन ‘सेलिब्रेटी’ उत्पादन होलान् भन्न सकिने आधार तयार भएका छन् । यस कार्यक्रममा सम्ंलग्न व्यक्ति अनि तिनीहरुकै कारण कार्यक्रमले सस्थापन राजनीतिविरुद्ध आम मानिसलाई भट्काउने र निहीत पक्षको स्वार्थ पूर्ति नगर्ला भन्न सकिन्न ।

पछिल्लो समय यस सोका बारेमा बरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीले उठाएके प्रसङ्गको बारेमा एकपटक सबैको ध्यान जानु जरुरी देखिन्छ । नेपाल, भारत र तिब्बतको स्थिरतालाई अपाङग बनाएर यहाँको राजनीतिमा खेल्न खोज्ने अमेरिकी कूटनीतिको एउटा सानो सलाईको काटीको रुपमा यस कार्यक्रमलाई उनले अर्थाएका छन् । यो क्षेत्रमा प्रजातन्त्र प्रर्वधनका लागि अमेरिकाले छुट्टाएको २२ अर्ब रुपैयाँको आडमा कार्यक्रम चलाइएको हो भने यो सबैमा निन्दनिय हुनेछ । यस क्षेत्रमा राष्ट्रवादको हाइब्रिड बिउ रोपेर केहि मान्छेलाई नेता बनाएर संस्थापन माथि हमला गर्न विदेशी लगानी भित्रिनुलाई कुनै कोणबाट पनि उपयुक्त मान्न सकिदैन । यसकारण त्रिपाठीले उठाएको कार्यकर्ता खोज्ने यो परियोजनामाथि व्यापक संसय व्यक्त गर्न सकिन्छ । फेरि पनि यो सो बाट उत्पादन हुने राजनेता देशका लागी काम लाग्ने बनुन सुभकामना । जनआस्था साप्ताहिकवाट

वि.सं.२०७६ पुस ३ बिहीवार १५:५१ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...