back
CTIZAN AD

गोरखामा फुटबल प्रशिक्षणका लागि कृत्रिम घाँसे मैदान बन्ने

वि.सं.२०७६ पुस ३ बिहीवार

753 

shares

३ पुस, गोरखा । गोरखामा फुटबल प्रशिक्षणका लागि कृत्रिम घाँसेमैदान निर्माण गरिने भएको छ । गोरखा नगरपालिका–९ दल भन्ञ्याङमा द ओसन क्बलले घाँसे मैदान निर्माण गर्न लागेको क्बलका अध्यक्ष अमित खत्रीले जानकारी दिए । “क्बलले आफ्नै सक्रियतामा विश्व फुटबल महासङ्घ (फिफा) को अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेल मैदानमा कृत्रिम घाँस विछ््याउन लागेको हो”, उनले भने, “कृत्रिम घाँस चीनबाट ल्याउने तयारी भइरहेको छ ।”

क्बलले ४६ मिटर लम्बाइ र २३ मिटर चौडाइ रहेको मैदानमा घाँस विछ््याउन लागेको उनले जानकारी दिए । “वर्षायामको समयमा हाल रहेको मैदानमा खेलाडीलाई नियमित फुटबल प्रशिक्षण दिन समस्या हुँदै आएको छ”, अध्यक्ष खत्रीले भने, “अहिले पनि ४० जनालाई नियमित प्रशिक्षण दिँदै आएका छौं तर जव पानी पर्छ, मैदान हिलो र लामो समय पानी नपर्दा मैदान धुलो भएर समस्या हुन थालेपछि घाँस विछ््याउन लागिएको हो ।”

चार महिनाभित्रमा मैदान निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाइ थियो । मैदान निर्माणका लागि गोरखा नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए । नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेल मैदानसँगै पौडी पोखरी, जिम हलसहितको भवन बनाउने योजना क्बलले बनाएको उनले बताए । “मैदानलाई भाडामा पनि प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको छ ”, उनले भने ।

घाँसे मैदान निर्माण गर्न घाँस खरीदका लागि मात्र १६ लाख रुपैया लाग्ने अनुमान गरिएको क्बलले जनाएको छ । बाँकी अन्य कामका लागि गरी कूल ३१ लाख २२ हजार खर्च हुने उनले जानकारी दिए । मैदान निर्माणका लागि आवश्यक पर्ने रकमका लागि सहयोग सङ्कलन गर्दै आएको उनको भनाइ थियो । “अहिलेसम्म रु १८ लाख जुटिसकेको छ”, अध्यक्ष खत्रीले भने, “बाँकी रकम सहयोग जुटाउने काम भइरहेको छ ।’

घाँसे मैदान निर्माणका लागि गोरखा नगरपालिका गोरखाले रु सात लाख उपलब्ध गराएको छ । त्यस्तै वडा कार्यालय र पालुङटार नगरपालिकाले एक÷एक लाख उपलब्ध गराउने जनाइएको छ । उनले भने” अन्य क्षेत्रबाट पनि सहयोग रकम जुटिरहेको छ । कृत्रिम घाँसे मैदान बनेसँगै युवा फुटबल प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन गर्न सहज हुने खत्रीले बताए । क्बलले जिल्लामा लामो समयदेखि युवालाई फुटबल प्रशिक्षण दिँदै आएको छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार १५:४९ मा प्रकाशित

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...