back
CTIZAN AD

नेकपाको आजको बैठक सम्पन्न, अध्यक्षद्धयको प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो

वि.सं.२०७६ पुस ३ बिहीवार

795 

shares

३ पुष, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौ दिनको चौथो बैठक सम्पन्न भएको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकको आज पाँचौदिन पनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि स्थायी कमिटीका सदस्यहरुले धारणा राखेका छन् ।

आजको बैठकसँगै अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले आ–आफ्ना धारणा राख्ने क्रम सकिएको छ ।

प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावहरु राख्ने क्रममा आज १० जनाले सुझाव राखेका छन् । जसमा किरण गुरुङ, चक्रपाणी खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, माधवकुमार नेपाल र झलनाथ खनाल रहेका छन् ।

अब पार्टी महासचिव विष्णुप्रसाद पौडेलले मात्रै प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि धारणा राख्न बाँकी रहेको छ ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई कमिकमजोरी मुक्त गर्दै व्यवस्थित गर्ने, संगठनलाई एकताबद्ध र सुदृढीकरण गर्ने, विचार, आचरण र व्यवहारमा सुधार गर्नेजस्ता विषयहरुमा आ–आफ्नो कोणबाट वक्ताहरुले विचार, धारणा र आलोचना समेत गरेका थिए ।

स्थायी समितिको अर्को बैठक पुस ५ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।
प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि प्रस्तुत धारणा, सुझाव र दृष्टिकोणलाई मध्यनजर गरी पार्टी अध्यक्षद्वयले परामर्श गरी निर्णयको तयारीका निम्ति भोलि एकदिन बैठक स्थगित गरिएको बताइएको छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार १७:४० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...