back
CTIZAN AD

ग्रीसमा आप्रवासी शरणार्थीमाथि अश्रुग्यास प्रहार

वि.सं.२०७६ पुस ४ शुक्रवार

630 

shares

४,पुस, एथेन्स । आप्रवासी शरणार्थीले शिविरमा अत्यधिक भीड भएको भन्दै व्यवस्थापनका लागि माग गर्दै गरेको प्रदर्शनमा ग्रीकको सामोस टापुमा बिहीबार प्रहरीले शरणार्थीमाथि अश्रुग्यास प्रहार गरेको राज्य सञ्चालित समाचार संस्था एएनएले जनाएको छ ।

खासगरी अफ्रिकाबाट शरणार्थीका रूपमा युरोप पुगेका शिविरमा बस्दै आएका आप्रवासीहरूले शिविर नजिकैको सडकलाई अवरूद्ध गरेपछि प्रहरीले सडक खाली गर्ने क्रममा केही व्यक्तिले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका र प्रतिक्रियामा प्रहरीले अश्रुग्यास प्रहार गरी भीड नियन्त्रण गरेको एएनएले बताएको छ ।

सामोसमा ग्रीस भएर युरोप तथा अमेरिका जाने शरणार्थीहरूलाई राखिएका पाँचमध्ये एक शरणार्थी शिविर रहेको छ । ग्रीसमा विभिन्न देशबाट टर्की हुँदै शरणार्थीहरू पुग्ने गरेका छन् । अत्यधिक ६५० जनाका लागि व्यवस्था गरिएको सामोस शिविरमा करिब सात हजार ५०० शरणार्थी राखिएपछि उनीहरूले शिविर व्यवस्थापनका लागि माग गर्दै सडक अवरूद्ध गरेका थिए । शिविरमा सुविधा नपुगेपछि उनीहरूले पाल टाँगेर बोरा ओढी रात बिताउनु परेको भन्दै उनीहरू आन्दोलित भएका बताइएको छ ।
ग्रीसको सरकारले शरणार्थीलाई कम्तीमा पाँच हजार क्षमताको शिविर निर्माण गरी राख्न दिएको निर्देशनलाई स्थानीय अधिकारीले शरणार्थीको सङ्ख्या र शिविरको क्षमता बढाउने नभई उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने भन्दै निर्देशनलाई अटेर गर्दै आएका छन् ।

सामोसका नगर प्रमुख यौरगोस सान्जोसले सरकारले नयाँ शिविरको योजना नरोकेमा आफूले पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।मङ्गलबार स्थानीय समाचार संस्था सामोस डटकम जीआरले सान्जोसले आप्रवासी शरणार्थीलाई शिविरबाट बाहिरिन चर्को स्वरमा गरेको निर्देशन र आक्रोशपूर्ण अभिव्यक्तिपछि उनीहरूलाई धकेलेको समाचार प्रकाशित गरेको थियो ।

नगर प्रमुखले भने, “उनीहरू (शरणार्थी) ले हाम्रो भूमि ओगटेका छन् । उनीहरूले यो क्षेत्र छोड्नुपर्छ । अर्को समाधान छैन ।” उनले शरणार्थीको एक समूहले पाँच कारमा आगजनी गरेको भन्दै सुरक्षाका लागि उनीहरूलाई हटाउनुपर्ने बताएका थिए । यसै विवादपछि शरणार्थी सडकमा उत्रिएका हुन् ।

युरोप छिर्नका लागि आप्रवासीहरूले सामोसलगायतका नाकाहरूको प्रयोग गर्ने गरेका छन् । राष्ट्रसङ्घ शरणार्थी नियोगले ग्रीसको बाटो युरोप आउने शरणार्थी सङ्ख्यामा विगत केही वर्षमा कमी आएको भए पनि यस वर्ष समूद्रको बाटो भएर ५५ हजार र टर्की हुँदै जमीनको बाटोबाट १४ हजार शरणार्थी ग्रीस पुगेको तथ्याङ्क छ ।

शिविरमा पुगेका अधिकारकर्मी तथा चिकित्सकले शिविरमा शरणार्थीको अवस्था निकै दयनीय रहेको बताएका छन् । स्थानीय तथाकथित सम्पन्न व्यक्तिले खासगरी शिविरमा रहेका महिला तथा बालबालिकालाई यौन शोषण गर्ने गरेको शरणार्थीलाई उद्धृत गर्दै चिकित्सक तथा अधिकारकर्मीले बताएका छन् ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १०:०७ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...