back
CTIZAN AD

किन ज्यालामा ठगिन्छन् दार्चुलाका महिला कामदार ?

वि.सं.२०७६ पुस ४ शुक्रवार

1.1K 

shares

४ पुस, दार्चुला । मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउँछिन् । उनले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि उक्त रकम पाउँछिन् ।

रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले रु ८०० पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने रु २५० पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन् । “महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौँ”, स्थानीय सरिता टमटाले भने । भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका उनले गुनासो गरिन् ।

सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम गराउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा पनि आफूहरुले थोरै ज्याला पाएको महिलाहरुको गुनासो छ । “महिलाले गरेको कामको मूल्याङ्कन हुँदैन”, सरिताले भनिन् “विकास निर्माणका कामभन्दा पनि घरायसी काम गराउँदा हामीले पाउनुपर्ने ज्याला कम छ, पुरुष र महिला बराबर काम गर्छौँ, तर रकम दिँदा पुरुषबाटै पीडित हुनुपरेको छ ।”

महाकाली नगरपालिका–३ की बिस्ना लोहार हरेक बिहान नाम्लो र बोरा बोकेर बसपार्क पुग्छिन् । जिल्ला बाहिरबाट खलङ्गा आउने गाडीका यात्रुको भारी बोक्न कुर्छिन् । महिला दिनभरि भारी बोकेर घर खर्च जुटाउँछन् । सदरमुकाम र सीमावर्ती धारचुला बजारमा बिहानै काँधमा डोरी बोकेर भारी खोज्न उनीहरूका बीचमा तँछाडमछाड नै चल्छ ।

परिवारको आर्थिक दायित्व पूरा गर्ने अरू कुनै विकल्प नभएपछि विगत नौ वर्षदेखि भरियाको काम गरेर गुजारा गर्ने गरेको उनले बताइन् । उनीहरुले दिनभर काम गर्दा पनि पुरुषसरह ज्याला नपाउने उनले सुनाइन् । धारचुलाबाट दार्चुला बसपार्कसम्म पुरुषले भारी बोक्दा सजिलै रु २०० पाउँदा महिलाले रु १०० माग्दा पनि पाउँदैनन् ।

दुहु गाउँपालिका–४ की जैमती कुँवर श्रमअनुसारको ज्याला नपाएकामा दुखेसो गर्छिन् । “काम अनुसारको ज्याला नै पाइँदैन”, उनले भनिन्, “ग्रामीण भेगमा उत्पादन भएको अन्नले वर्षभरि खान नपुग्ने र खानाबाहेकका सामान जोहो गर्न ज्यालादारीमै काम गर्नुपर्ने बाध्यता छ ।” हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष दानीराम तिरुवा विगतदेखि नै महिलाले कामको कम मूल्य पाउने गरेका बताउँछिन् ।

“हलिया मुक्ति भयो, खलोमा काम गर्ने चलन हट्यो”, उनले भनिन्, “तर तिनै मालिकको अहिले दैनिक ज्यालादारीमा काम गर्दा महिलाले थोरै रकम पाउँछन् ।” पुरुषले बिहान १०ः०० बजेदेखि बेलुकीसम्म काम गरे दिनको रु ८०० पाउने गर्छन् । तर महिला बोल्न नसक्दा समस्या भएको उनले बताइन् । जिल्ला दररेट निर्धारण समितिले भने आठ घण्टा काम गरेवापत दक्ष कामदारको रु ९५० र अदक्ष कामदारको रु ७०० निर्धारण गरेको छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १५:४५ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...