back
CTIZAN AD

मुख्य सिजन मै पर्यटक आगमनमा १८ प्रतिशतले ह्रास, के होला भ्रमण बर्ष २०२० मा ?

वि.सं.२०७६ पुस ४ शुक्रवार

897 

shares

४ पुष, काठमाडौं । चालु सिजन सन् २०१९ को नोभेम्बर महिनामा पर्यटक आगमन दर १८ प्रतिशतले घटेको छ ।

नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार गत बर्ष सन २०१८ को नोभेम्बर महिनामा पर्यटक आगमन दर ४० प्रतिशतले बढेको थियो तर यो बर्षको मुख्य सिजनमा नै पर्यटक आगमन घटेको देखिएको हो । नेपाल पर्यटन बर्ष २०२० सन्निकट आइरहँँदा यस्तो तथ्याङ्क आएको हो ।

‘यो पर्यटक आगमनको मुख्य सिजन मात्र नभएर दक्षिण एसियाली खेलकुद (साग) डिसेम्बर १–१० पनि यतिखेर नै नेपालमा आयोजना गरिएको थियो ।’ बोर्ड स्रोतले भन्यो ‘तर पनि पर्यटक आगमन दर घटेको छ , यो परिस्थिले गम्भिर बनाएको छ ।’

अक्टोबर, नोभेम्बर र डिसेम्बर पर्यटक आगमनको प्रमुख सिजन हो । ‘खेल भईरहेका बेला स्वभाबैले भिडभाड हुने ठानेर खेलकुदप्रेमी बाहेकका पर्यटकहरु आउँदैनन ।’ होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले भने ‘त्यसमा पनि साग क्षेत्रीय खेलकुद भएकाले अन्य अन्तराष्ट्रि पर्यटक आगमन त्यसै पनि घट्छ ।’

होटल संघका अनुसार नेपालमा ट्राभल एजेन्सिहरुले होटल तथा जहाजको टिकट बुकिङ् गरे पछि १४ दिनको अबधि बाँकी रहँदासम्म टिकट र होटेलको कोठा रद्द गर्दा कुनै शुल्क लाग्दैन । त्यहि भएर जहाजको टिकट नपाएर पनि पर्यटकहरुको संख्यामा कमि आएको हो । आत्तिइ हाल्नु पर्ने अबस्था छैन ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १५:५७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...