back
CTIZAN AD

प्रतिवेदन पारित हुन नदिने माधवको चेतावनी, एमसीसीको अप्ठ्यारोमा ओली

वि.सं.२०७६ पुस ५ शनिवार

1.2K 

shares

५ पुष, काठमाण्डौं । मंसिर २९ गते देखि सुरु भएको स्थायी समिति बैठकमा प्रस्तुत राजनैतिक प्रतिवेदन यत्तिकैमा पारित नहुने चेतावनी माधव नेपालले दिएका छन् ।

पार्टी विधिमा नचलेको आरोप लगाउँदै सचिवालय बैठकमा समेत भिन्न मत राखेर आएका माधव नेपालले पार्टी अध्यक्ष ओलीको कार्यशैली र प्रचण्डको अर्कमण्यता बारे पनि बोल्दै आएका छन् ।विधि नीति र पद्दतिमा चल्न नखोजिएको, बैठकहरु समयमा गर्न नचाहेको र आफूखुसी निर्णय गरेर पार्टी एकतालाई कमजोर बनाईको धारणा राख्दै आएका माधब नेपालले आफु समर्थक नेताहरु समक्ष गोप्य बैठक गर्दै आएका समाचार समेत सार्वजनिक भएका थिए ।

नेपाल निकट मानिने नेता बेदुराम भुसालले समेत १४ बुँदे फरक मत सहित आफ्ना धारणा राखेका थिए भने पूर्वएमालेका उपाध्यक्ष रहिसकेका भीम रावलले ओली कार्यशैलीको प्रत्यक्ष विरोध गर्दै आएका छन् । मन्त्री योगेश भट्टराईले एमसीसी अनुमोदन नहुने धारणा व्यक्त गरेर आफ्नो शैद्धान्तिक निष्ठा देखाएका छन् ।

सबैका धारणा समेटेर दस्तावेजलाई अलिकति गह्रौं बनाउन चाहेका प्रचण्ड यतिबेला असजिलोमा परेको टिप्पणी गरिदैछ । बैठकमा अ‍ेली पक्षधरहरुले ‘जवज’ लाई नै बढि महत्व दिएपछि नेता मातृका यादवले ‘प्रचण्डपथ’ नै स्मरण गराउन भ्याएका थिए । प्रचण्ड स्वयम् एमसीसीको विपक्षीमा रहेको बेला नेकपाभित्र यो इश्यु नेताहरुको नयाँ सहमति विना पार लाग्ने स्थितिमा देखिएको छैन । एमसीसी जसरी पनि पास गराउने मनस्थितिमा रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पूर्वसभामुख कृष्ण बहादुर महरा बाधक बनेका अभिव्यक्ति कान्तिपुरमार्फत् नै दिएका थिए ।

वि.सं.२०७६ पुस ५ शनिवार ०९:४१ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...