back
CTIZAN AD

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना, तराईको जीवन कष्टकर

वि.सं.२०७६ पुस ५ शनिवार

771 

shares

५ पुस, काठमाण्डौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ ।

त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु\कुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी \हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ । आइतबार देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशका पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

वि.सं.२०७६ पुस ५ शनिवार १३:२७ मा प्रकाशित

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...