back
CTIZAN AD

जाने कि तपाई पनि खानाका परिकारका स्वाद लिन

वि.सं.२०७६ पुस ६ आइतवार

693 

shares

६ पुस, काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।

धुलिखेलमा पर्यटक आकर्षण गरी बसाइँ लम्ब्याउन योजनाबद्ध कार्यक्रम बनाइएको नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । उनले भने “हामी भ्रमण वर्षभर हप्तामा तीन दिन विभिन्न परिकारमा खाना महोत्सव आयोजना गर्नेछौँ, यसपटक धुलिखेलको पर्यटन, कला र संस्कृति विश्वभर चिनाउने प्रयास गर्नेछौँ ।”
धुलिखेलमा रहेका ऐतिहासिक पर्यटकीय संरचनाको मर्मत भइरहेको तथा नयाँ बसपार्क बनाउनेसमेत योजना बनाइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए ।

धुलिखेल नगरका १२ वटै वडामा हाल उद्यान निर्माण भइरहेको छ । नगरको भ्रमण वर्षलक्षित योजनामा अरनिको र बिपी राजमार्गअन्तर्गत धुलिखेल क्षेत्रमा १० नयाँ उद्यान निर्माण गरिने भएको छ । “आन्तरिक तथा बाह्य पर्यटकलक्षित कार्यक्रम पनि गर्नेछौँ, जसले स्थानीय संस्कृतिको विकास एवं स्थानीयवासीको आयआर्जनमासमेत टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । उनले स्थानीय उद्योगी, निजी सङ्घसंस्था, गैरसरकारी संस्था एवं स्थानीयवासीलाई भ्रमण वर्ष सफल पार्न सहयोग गर्न अपीलसमेत गरेका छन् ।

नगरको भ्रमण वर्षलक्षित कार्यक्रमको प्रशंसा गर्दै पर्यटकलाई विशेषरूपमा स्वागत, सम्मान एवं बसाइँलाई सहज बनाउन होटल व्यवसायी सजग रहने रिजनल होटल एशोसिएशन काभ्रेपलाञ्चोक सचिव एवं धुलिखलस्थित माउण्ट प्रिन्स होटल सञ्चालक ज्योत्सना सैँजूले बताए । “हामी व्यावसायी धुलिखेल नगरसँग हातेमालो गरेर भ्रमण वर्ष सफल बनाउनेछौँ”, उनले भने । धुलिखेलमा ठूला–साना गरी ६० भन्दा बढी होटल छन् ।

जिल्लामा यसअघि भ्रमण वर्षलक्षित पर्यटन प्रवद्र्धनार्थ पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ र नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन ट्रेकिङ ट्रेलक रूपमा विकसित गर्ने योजना बनाएको छ । पाँचखालमा स्थानीय उत्पादन, संस्कृति, पर्यटन, भ्यूटावर प्रवद्र्धनका लागि ११ दिने महोत्सव आयोजना गरिएको थियो ।

पर्यटकीय नगरकोटस्थित बृहत् पर्यटन सहकारी संस्थाले विदेशी पाहुनाका लागि नगरकोटका हाल १० घरमा घरवास (होमस्टे) व्यवस्थापन गरेको छ । उसले पर्यटन सूचना केन्द्र स्थापना गर्ने, स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा घरवासको सङ्ख्या बढाउने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउने योजना बनाएको छ । गत हप्ता नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजले पनि भ्रमण वर्षलक्षित हाफ म्याराथुन प्रतियोगिता सम्पन्न ग¥यो ।

वि.सं.२०७६ पुस ६ आइतवार १०:५२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...