back
CTIZAN AD

वल्र्ड टच होल्डिङ्ग एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा. ली.को प्रथम बार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७६ पुस ६ आइतवार

957 

shares

६ मंसिर, काठमाडौं । गत जेठमा स्थापना भएको वल्र्ड टच होल्डिङ्ग एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा. ली.को प्रथम बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ

साधारणसभाले अम्बर बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति सर्बसम्मत चयन गरेको छ । सदस्यहरुमा टंक प्रसाद भट्टराई, शालिक सुबेदी, अभिशेक प्रसाद साह, बिष्णु प्रसाद चौलागाईं, उमेश खनाल र बबिता कार्की रहेका छन ।


नव गठित समितिलाई सल्लाह दिनकोे लागि मुकुन्द घिमिरेको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिती गठन गरिएको छ । सल्लाहाकार सदस्यहरुमा रामहरि थापा, आशिस गजुरेल, केदार अर्याल र रमेश कुमार यादव चयन भएका छन ।

त्यस्तै डिल्ली राज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय लगानी समिति पनि गठन गरिएको छ । जसमा दिपेन्द्र राउत, दिनेश रजक, सरोज कुमार पौडेल र मनिषा लुईटेल सदस्य रहनहेका छन ।

निरन्जन सिंह बस्नेतको संयोजकत्वमा ३ सदस्यीय अडिट समिति समेत गठन गरिएको छ । जसका सदस्यहरुमा बिनोद साह र अकेश जैसवाल सदस्य रहेका छन ।

कम्पनीको पहिलो साधारण सभाले बिभिन्न समितिहरु गठन गरेको हुनाले कम्पनी थप व्यवस्थित रुपमा संचालन हुने संचालक समितिमा नव निर्वाचित सदस्य टंक प्रसाद भट्टराईले प्रष्ट पारे ।

कम्पनीमा आबद्ध सबै सदस्यहरुको औषत कुल अनुभव १ हजार बर्ष भन्दा बढि हुनु, कम्पनी सम्बन्धी अधिकांस विषयमा सदस्यहरुको बिषयगत अनुभव हुनु, लगभग नेपाल भरि छरिएर रहेका उच्च दक्षता हासिल गरिसकेका बिज्ञहरु यस संस्थामा संलग्न हुनु नै यो कम्पनीको सलव पक्ष रहेको जनाईएको छ।

बिगतमा युनिलिभर नेपाल लिमिटेडमा संलग्न भई अलग भईसकेका तथा संलग्न भई अलग हुन सक्ने कर्मचारीहरु समेतलाई मध्यजनर गर्दै यो कम्पनी स्थापना गरिएको बताईएको छ । यो कम्पनीमा आबद्ध सबै सदस्यहरुको औषत कुल अनुभव १ हजार बर्ष भन्दा बढि हुनु, कम्पनी सम्बन्धी अधिकांस विषयमा सदस्यहरुको बिषयगत अनुभव हुनु, लगभग नेपाल भरि छरिएर रहेका उच्च दक्षता हासिल गरिसकेका बिज्ञहरु यस संस्थामा संलग्न हुनु नै यो कम्पनीको सलव पक्ष रहेको जनाईएको छ ।


कम्पनीका अनुसार यसमा देश विदेशमा रहेका अब्बल संस्था वा कम्पनीहरुको प्रमुख जिम्मेवारी वहन गरिसकेका तथा उद्योगीको रुपमा समेत कार्य गरि सफलता प्राप्त गरिसकेका सदस्यहरुको उत्साहजनक संलग्नता रहेको छ । “व्यवहारिक ज्ञान, सीप,र दक्षताको एकै स्थानमा सदुपयोग गर्नको लागि हामी सबैको संयुक्त पहलबाट हामीले एक साझा चौतारी खडा गरेका छौं,” नव निर्बाचित अध्यक्ष थापाले भने “जहाँ हामी लगायत हाम्रा भावी पुस्तका लागि समेत शितलता प्रदान गर्न सक्ने, दिगो, प्रगाढ रुपमा आगाडि बढ्नेछ भन्ने मुख्य उद्देस्यका साथ कम्पनीको स्थापना गरिएको हो ।”

 

सय जनाभन्दा बढि योग्य सदस्यहरु रहेकोमा ६० प्रतिशत भन्दा बढि सदस्यहरु कम्पनीको शेयर सदस्यको रुपमा सहभागि भईसकेका छन । कुल शेयर धनीहरुको अधिकतम संख्या १०१ भन्दा बढि नहुने कानुनी प्रावधान रहेको र यो संख्या सजिलै पुग्ने हुदा “फस्ट कम फस्ट प्रायोरिटी” हुने समेत नव निर्वाचित अध्यक्ष थापाले प्रष्ट पारे ।

शेयर सदस्यमा सहभागी हुने थप समयसिमा नव गठित प्रथम संचालक समितिको बैठकले निर्णय गर्ने र सम्भावित सदस्यहरुलाई सुचित गर्ने जानकारी गराईएको थियो ।

वि.सं.२०७६ पुस ६ आइतवार १५:०५ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...