back
CTIZAN AD

प्याज बेचेरै करोडपति बने अर्जुन

वि.सं.२०७६ पुस ७ सोमवार

735 

shares

७ पुस,काठमाडौँ । अहिले नेपाली उपभोक्ताहरु प्याजको चर्काे मूल्य भोग्न बाध्य भएका छन् । नेपालीहरुको भान्छामा दाल ,अचार देखि लिएर तरकारीमा नभई हुने गरी प्याज मंगिएपछि नेपाली उपभोक्ता मारमा परेका छन् ।

नेपाल कृषिपधान देश भनेर चिनिएपनि कृषिमा परनिर्भर हुनुले पनि नेपाली उपभोक्ताले प्याजमात्र नभएर अन्य तरकारी समेत चर्काे मूल्य तिरेर खान बाध्य भएका छन् ।

यही प्याजको मूल्य अकासिएपछि भारतका एक विपन्न किसान भने मालामाल भएका छन् । दक्षिण भारत कर्नाटकका मल्ल्किा अर्जुन नामका यी किसानले प्याजको भाउ महँगीएकै अवधिमा प्याज बेचेरै करोडौं कमाएको समाचार अन्तराट्रिय मिडियाले लेखेका छन् ।

बैंकबाट १५ लाख ऋण लिएर प्याज खेती सुरु गरेका उनले सोही लगानीबाट यतिबेला करोडपति बनेका हुन् । गरिबी जीवन बिताइरहेका अर्जुनले यतिबेला २४० टन प्याज उत्पादन गरेका छन् । अहिले भारतीय बजारमा प्याजको मूल्य दुई सय भारु छ ।
यतिबेला भारतमा प्याज अकासिदैंगएपछि नेपालमा समेत यसको असर परेको हो । नेपालले प्याज विशेष गरी भारतबाट निर्यात गर्दै आइरहेकोमा पछिल्लो समय भारतमै प्याज महँगीएपछि नेपाली बजारमा पनि यसको असर परेको हो ।

यसको बिकल्पको रुपमा नेपाली बजारमा चिनीयाँ प्याज आएपनि भारतीय प्याजको स्वादमा रमाएका नेपाली उपभोक्ताको जिब्रोले भारतीय प्याज नै खोजेकाले पनि प्याजको मूल्य झन झन आकासिएको छ । त्यसो त हामी आफैंले कृषिमा आधुनिकिकरण र नयाँ प्रविधिबाट प्याजको खेती गर्ने हो भने मात्र पनि बर्षेनिजसो हुने यो प्याजको मूल्य बृद्धिको समस्या हामीले खेप्नुपर्दैन ।

यतिबेला प्याजको मूल्य नेपाली बजारमा मात्र वृद्धि नभएर अन्य राष्ट्रहरुमा पनि बढिरहेको छ । बंगलादेशमा पनि प्याजको मूल्य वृद्धि भएको र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याजै खान छाडेको समाचार आयो तर नेपाली उपभोक्ता भने २५० प्रतिकेजी मूल्य पुग्दा पनि न त भान्छामा प्याजलाई निषेध गर्न सके न त यसको समाधानका लागि अन्य कुनै विकल्प वा आवाज उठाउन सके ।

वि.सं.२०७६ पुस ७ सोमवार ११:५८ मा प्रकाशित

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...