back
CTIZAN AD

दबंगको प्रचार छोडेर नागरिकता आन्दोलनलाई सोनाक्षीको साथ

वि.सं.२०७६ पुस ७ सोमवार

681 

shares

७ पुस, काठमाडौँ । भारतीय चर्चित अभिनेत्री दबंग ३ कि नायिका सोनाक्षी सिन्हाले भर्खरै प्रदर्शनमा आएको आफू अभिनित सलमान खानको चलचित्र दबंगको प्रचार छोडेर नागरिकता आन्दोलनमा लागेका आन्दोलनकर्मीलाई साथ दिने बताएकी छन् ।

सिन्हाले आफूले अभिनय गरेको ‘दबंग ३’ चलचित्रको बक्स–अफिस कलेक्सन भन्दापनि विगत २ साता देखि भारतमा चर्किएको नागरिकता संशोधन कानुन विरुद्धको आन्दोलनलाई महत्वपूर्ण रहेको बताउँदै कानुन विरुद्ध जनताले बोल्न पाउने अधिकार प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएकी छन् ।

गत शुक्रबारदेखि रिलिज भएको खानको दबंग ३ चलचित्रमा हाल भारतमा भइरहेको नागरिकता संशोधन कानुनको विरोधमा आन्दोलन भएको कारण उक्त चलचित्रको व्यापारलाई असर गरेको बताइएको छ। अहिले फिल्म भन्दा पनि आम मानिसले आन्दोलनलाई प्राथमिकता दिएका छन् र फिल्म हेरेका दर्शकले भने उनको फिल्मलाई राम्रो प्रतिक्रिया दिएकाले आफू खुशी भएको उनले बताएकी छन् ।

उनले अभिनय गरेको दबंग ३ फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् भने अभिनेता सलमान खान सहित अरवाज खान र सुदिप किचा लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार ११:४४ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...