back
CTIZAN AD

बैदेशिक रोजगारीको खोजिमा हुनुहन्छ ? अव विभागको साइटमा हुन्छ रोजगारदाता कम्पनीको विवरण

वि.सं.२०७६ पुस ७ सोमवार

2.9K 

shares

७ पुष, काठमाण्डौं । बैदेशिक रोजगारीका लागि विदेश जाने कामदारले अब म्यानपावर धाएर बैदेशिक रोजगारीका लागि रोजगारदाता कम्पनीको चयन गर्नपर्ने समस्याको अन्त्य हुने भएको छ ।

यस्तो समस्यालाई दूर गर्ने प्रयास बैदेशिक रोजगार विाभागले गर्न थालेको हो । युवाको हात या साथमा इन्टरनेट छ भने आफूले जानेको, आफू जानकारी रहेको या रोजेको काम युवाले अनलाइनमार्फतनै चयन गर्न पाउने भएका छन् ।

बैदेशिक रोजगार विभागले सूचना प्रणालीलाई व्यवस्थापन गर्ने क्रममा देशभरीका म्यानपावरले विदेशी रोजगारदाता कम्पनीबाट ल्याएको कामदार मागको विवरण आफ्नो वेवसाइटमा राख्न थालेको हो ।

उक्त वेवसाइटमा म्यानपावर कम्पनीले कुन देशबाट कति कामदारको माग तथा कति पारीश्रमिक भन्ने कुरा युवाले सोहि वेवसाइट खोलेर जानकारी लिन सक्ने बैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

यसभन्दा अगाडि म्यानपावरहरुले विभिन्न पत्रपत्रिकामा रोजगारीको अवसर भनेर डिमान्ड आएको सूचना ल्याउने गरेका थिए । तर, त्यसमा धेरै युवाको पहुँच नपुग्ने देखिएको र त्यसमा छुटेकाहरुले वैदेशिक रोजगार विभागको वेवसाइटमा हेरेर जानकारी लिन सक्ने पनि विभागले बताएको छ ।

विभागका अनुसार विभागले ल्याएको यस्तो व्यवस्थापछि म्यानपावरले गलत सूचना दिएर युवाहरुलाई झुक्याउने प्रवृत्तिको अन्त्य हुने समेत बताइएको छ । यस्तो व्यवस्थाले इन्टरनेट चलाउन जानेको युवाले आफ्नो फोनबाटै विभागको साइटमा उक्त सूचना हेरेपछि सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

८५३ म्यानपावर कम्पनीहरुलाई समावेस गरिएको बताइएको उक्त वेवसाइटमा ती म्यानपावरले विभिन्न देशबाट ल्याएको डिमान्डको जानकारी अनिवार्यरुपमा साइटमा राख्न पर्नेछ ।

त्यसका लागि विभागको वेवसाइट www.dofe.gov.np  मा लगइन गर्नासाथ विभागको साइटमा ‘बैदेशिक रोजगारीको खोजी’ भन्ने शिर्षकमा अगाडि नै देख्न सकिने र भित्र क्लिक गरेर कुन देशका कुन कम्पनीबाट कस्तो कामदारको माग आएको छ भनेर हेर्न सकिनेछ । यो व्यवस्थाले नेपालमा एउटा काम र विदेशमा गएपछि अर्को काम तथा तलब फरक हुने समस्याबाट कामदार मुक्त हुने विस्वास विभागले लिएको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार ११:४० मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...