back
CTIZAN AD

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी

वि.सं.२०७६ पुस ७ सोमवार

609 

shares

७ पुस, काठमाडौँ । चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ ।

सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ । उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा सुचारु ढङ्गबाट यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो ।रासस

वि.सं.२०७६ पुस ७ सोमवार ११:०८ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...