back
CTIZAN AD

पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण

वि.सं.२०७६ पुस ७ सोमवार

666 

shares

७ पुस, बाँके । बाँकेमा कार्यरत पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि साङ्घातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी दिए ।

आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले ती युवालाई बोलाएर आफूमाथि कुटपिट गराएको शर्माको दाबी छ । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता विश्वकर्माद्वारा सञ्चालित युगयान दैनिकको कार्यालयमा आपसी विवाद भइरहेको समयमा नेता विश्वकर्माले युवा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । नेता विश्वकर्मासमेत नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य हुन् ।

नेता विश्वकर्माले भने आफूले कुटपिटका लागि युवा बोलाएको नभई आफ्नो कार्यालयमा पत्रकार शर्माले होहल्ला गरिरहेकाले उक्त घटना भएको जिकिर गरेका छन् । “मेरो कार्यालयमा आएर अनावश्यक होहल्ला गरेका कारण तह लगाउन इलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको थिएँ”, पत्रिकाका प्रकाशकसमेत रहनुभएका नेता विश्वकर्माले भने, “सोही बखत मलाई भेट्न कार्यालयमा आएका गाउँका युवासँग पनि शर्माको विवाद भएपछि घटना भएको हो ।”

विगतमा विश्वकर्माकै पत्रिकामा कार्यरत पत्रकार शर्मा हाल कोहलपुरस्थित काँचुली खबर अनलाइनमा कार्यकारी सम्पादक हुन् । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले दुवैजनालाई आइतबार साँझ नै इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेर छलफल गराएको छ । कुटपिटमा संलग्न दुईजना भने फरार रहेका छन् ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू, नेकपाका कोहलपुरस्थित नेताहरुसहित इलाका प्रहरी कार्यालयमा आइतबार राति अबेरसम्मको छलफलपश्चात् घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ गर्नुपर्ने र घटनाको महासङ्घले छानबिन गर्ने तथा त्यसमा पनि चित्त नबुझे कानूनी प्रक्रियामा अघि बढ्ने सहमति भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।रासस

वि.सं.२०७६ पुस ७ सोमवार १२:०७ मा प्रकाशित

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...