back

बगर खेतीले सञ्चयमा लाग्दै मुसहर

वि.सं.२०७६ पुस ७ सोमवार

423 

shares
IME Limited
NTC AD

७ पुस , महोत्तरी । तराईमा ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने मुसहर समुदाय पनि अब आर्जन र धन सञ्चयका काममा सक्रिय हुन थालेका छन् । कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेशा धान्दै आएका महोत्तरीका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् ।

जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीका ६२ घरपरिवारका मुसहर बगर खेतीबाट अतिरिक्त आम्दानीमा जुटेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर जग्गा अहिले ६२ घरपरिवारका मुसहरको मिहेनतले हराभरा हुँदैछ ।

“हजुर, मैले एक वर्षमा १२ हजारको तरकारी बेचेँ”, बगरमा तरकारी खेती स्याहार्दै आमा दौना सादा मुसहरसँगै भेटिनुभएकी हेमन्ती सादा मुसहरले भने, “घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ ।” हेमन्तीलाई नदीउकास बगरमा एक कट्ठा जग्गा नगरपालिकाले उपलब्ध गराएको छ । दुई वर्षअघि शुरु गरिएको बगर खेती कार्यक्रमले मुसहर हरियो सागसब्जी खान थालेपछि शारीरिक रुपमा पनि हृष्टपुष्ट देखिएका छन् ।

हेमन्तीजस्तै बस्तीका बुद्धु, चहेन्द्र, बिल्टु, सौखिया, फुलो र नथुनियाँ सादा पनि सञ्चारकर्मीको टोली बगर खेती हेर्न पुग्दा तरकारी गोडमेलमा व्यस्त भेटिएका छन् । “हुजुर, यो खेतीले हाम्रो बानी पनि सुधारे’छ”, बगरमा उब्जाइएको फर्सी टिप्दै भेटिएका बिल्टु सादा मुसहरले भने, “पहिले मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त त्यस्तो हुन छाडेको छ ।” खेतीले आर्जन सञ्चय गर्ने बानी आफ्नो समुदायमा बसेको बिल्टुको भनाइ छ ।

बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ । बगर खेती शुरु गरेयता दुई÷चार हजारको गर्जो टार्न कुनै मालिक मुसहरले आपूmले मजदुरी गर्ने अन्य समुदायका लाई मालिक भन्छन् गुहार्नु नपरेको बुद्धु बताए । आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैँचोमा बिहेवारी, मरणहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ ।

नदी उकास बगरको करिब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार सङ्ख्याका आधारमा एक कट्ठादेखि तीन कट्ठासम्म उपलब्ध गराइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास (महोत्तरी) को सहकार्यमा थालिएको बगर खेतीले दुई वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बगर खेती कार्यक्रमका मुख्य समन्वयकर्ता गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामीले बताए ।

हरियो सागसब्जी र तरकारी खेती निकै फस्टाएपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ । अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दङ्ग छन् । “बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ”, मनकामना महिला समूह ‘ख’की अध्यक्ष पसुलिया सादाले खुशी हुँदै भने, “अब लाग्छ, हाम्रा दुःखका दिन गए, दुई÷चार पैसा सबैसँग छ ।”

बगर खेतीमा मुसहरलाइ अभिप्रेरित गर्दै सामुदायिक विकास तथा पैरवी मञ्चले चारवटा समूह गठन गरेको छ । जसमा बस्तीका सबै घरपरिवारका महिला सङ्गठित गरिएका छन् ।

समूह बैठकमा बगर खेती गरिएको बालीको अवस्था, नानीहरु विद्यालय गए÷नगएका बारे समीक्षा र समूह बचतबारे बढीजसो छलफल गरिने गरिएको लालीगुराँस ‘क’ समूहकी अध्यक्ष पानवती सादा बताउँछन् । बस्तीमा लालीगुराँस र मनकामना ‘क’ र ‘ख’ नाउँका चारवटा समूहमा बस्तीका सबै घरका महिला सङ्गठित छन् ।

कृषि मजदुरी मुख्य पेशा भएका मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर दुईतिर भार बनाएर काँधमा बोकिने काम) काममा अब्बल मानिन्छन् । माटोसँग खेल्नु दैनिकी नै भएका मुसहर समुदाय आफ्नो गुजाराबाहेकका अन्य सामाजिक गतिविधिमा हम्मेसी देखिँदैनन् ।

यद्यपी पछिल्ला दिनमा क्रमशः आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यो समुदायको पनि चासो बढ्दै जाँदा पछिल्लो पुस्ताका नानी विद्यालय जान थालेका छन् ।

बगर खेती शुरु गरिएयता रकम सञ्चय गर्नसँगै मुसहर समुदायमा नानीहरु विद्यालय पठाउने, बिरामी हुँदा अस्पताल जाने, हरियो सागसब्जी खाने र आफ्ना आवश्यकताका कुरामा सम्बन्धित निकायमा पैरवी गर्ने बानी बढेको बेलगाछीका अन्य समुदायका बासिन्दा बताउँछन् । मुसहर बगर खेतीमा लागेपछि बस्तीमा हुने गरेका अन्य सामाजिक गतिविधिमा सरिक हुन थालेका गौशाला–८ का बासिन्दा त्यहाँका सामाजिक, राजनीतिक कार्यकर्ता काशी महतो बताउँछन् ।

नगरपालिकाले आव २०७५\७६ मा पाँचलाख खर्चेर नदीउकास बगरलाई सम्याउने, गह्रा बनाउने र परिवारपिच्छे जग्गा बाँडिदिएपछि मुसहर बगर खेतीमा लागेका हुन् । अहिले नदीउकास बगरमा भण्टा, परवल, लौका, फर्सी र अन्य तरकारीका बेला र बिरुवा मुसहरको श्रमले लहहाएका छन् । ढुङ्ग्यान र बलौटे ठाउँ हराभरा भएको छ । मुसहरहरुले शुरु गरेका बगर खेतीलाई सघाउन यसपालि चालु आव २०७६\७७ मा १० लाख विनियोजन गरिएको गौशालाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए ।

यसैबीच बगर खेतीमा लागेका मुसहरले दुई वर्षदेखिआफूहरुले नङ्ग्रा खियाएको जग्गा सोनी खोलाले बर्खामा कटान गर्ने र बालु थुपार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूहरुले खेती शुरु गरेको जग्गाको सुरक्षाका लागि सोनी खोलामा तटबन्ध गरिनुपर्ने मुसहरको माग छ ।

वि.सं.२०७६ पुस ७ सोमवार १३:३१ मा प्रकाशित

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : प्रचण्ड

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : प्रचण्ड

काठमाडौँ। प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

काठमाडौंं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)...

स्पेन प्रकरण छनबिन गर्न गृहमन्त्रीले बोलाए आकस्मिक बैठक

स्पेन प्रकरण छनबिन गर्न गृहमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हालै स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा...

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...