back
CTIZAN AD

बगर खेतीले सञ्चयमा लाग्दै मुसहर

वि.सं.२०७६ पुस ७ सोमवार

708 

shares

७ पुस , महोत्तरी । तराईमा ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने मुसहर समुदाय पनि अब आर्जन र धन सञ्चयका काममा सक्रिय हुन थालेका छन् । कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेशा धान्दै आएका महोत्तरीका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् ।

जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीका ६२ घरपरिवारका मुसहर बगर खेतीबाट अतिरिक्त आम्दानीमा जुटेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर जग्गा अहिले ६२ घरपरिवारका मुसहरको मिहेनतले हराभरा हुँदैछ ।

“हजुर, मैले एक वर्षमा १२ हजारको तरकारी बेचेँ”, बगरमा तरकारी खेती स्याहार्दै आमा दौना सादा मुसहरसँगै भेटिनुभएकी हेमन्ती सादा मुसहरले भने, “घरमा पनि हरियो सागसब्जी टन्नै खाइएको छ ।” हेमन्तीलाई नदीउकास बगरमा एक कट्ठा जग्गा नगरपालिकाले उपलब्ध गराएको छ । दुई वर्षअघि शुरु गरिएको बगर खेती कार्यक्रमले मुसहर हरियो सागसब्जी खान थालेपछि शारीरिक रुपमा पनि हृष्टपुष्ट देखिएका छन् ।

हेमन्तीजस्तै बस्तीका बुद्धु, चहेन्द्र, बिल्टु, सौखिया, फुलो र नथुनियाँ सादा पनि सञ्चारकर्मीको टोली बगर खेती हेर्न पुग्दा तरकारी गोडमेलमा व्यस्त भेटिएका छन् । “हुजुर, यो खेतीले हाम्रो बानी पनि सुधारे’छ”, बगरमा उब्जाइएको फर्सी टिप्दै भेटिएका बिल्टु सादा मुसहरले भने, “पहिले मजदुरी गर्दा पाइएको पारिश्रमिकबापतको अन्न गरेर ल्याएको अन्न पनि आधा बेचेर रक्सी खाइन्थ्यो, अब त त्यस्तो हुन छाडेको छ ।” खेतीले आर्जन सञ्चय गर्ने बानी आफ्नो समुदायमा बसेको बिल्टुको भनाइ छ ।

बस्तीका युवा अब भने बगर खेतीमा रमाएका बुद्धु सादाको भनाइ छ । बगर खेती शुरु गरेयता दुई÷चार हजारको गर्जो टार्न कुनै मालिक मुसहरले आपूmले मजदुरी गर्ने अन्य समुदायका लाई मालिक भन्छन् गुहार्नु नपरेको बुद्धु बताए । आफ्नै बस्तीका समुदायभित्रबाटै सापट पैँचोमा बिहेवारी, मरणहरण र उपचार गर्न सकिएको बुद्धुको थप भनाइ छ ।

नदी उकास बगरको करिब १२ बिघा जग्गा ६२ परिवार मुसहरलाई परिवार सङ्ख्याका आधारमा एक कट्ठादेखि तीन कट्ठासम्म उपलब्ध गराइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास (महोत्तरी) को सहकार्यमा थालिएको बगर खेतीले दुई वर्षभित्रै मुसहरको स्वास्थ्य, आर्थिक र शैक्षिक सुधार देखिएको बगर खेती कार्यक्रमका मुख्य समन्वयकर्ता गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामीले बताए ।

हरियो सागसब्जी र तरकारी खेती निकै फस्टाएपछि बस्ती नजिककै खाल्टेमा बजार बसाइएको छ । अहिले बगर खेती गरिएको ठाउँ नजिकै खाल्टे बजार जम्दै गएपछि मुसहर आफ्नो फसल नजिकै बेच्न पाएर दङ्ग छन् । “बगरमा तरकारी उब्जन्छ, छेउमै बजार लागेको छ”, मनकामना महिला समूह ‘ख’की अध्यक्ष पसुलिया सादाले खुशी हुँदै भने, “अब लाग्छ, हाम्रा दुःखका दिन गए, दुई÷चार पैसा सबैसँग छ ।”

बगर खेतीमा मुसहरलाइ अभिप्रेरित गर्दै सामुदायिक विकास तथा पैरवी मञ्चले चारवटा समूह गठन गरेको छ । जसमा बस्तीका सबै घरपरिवारका महिला सङ्गठित गरिएका छन् ।

समूह बैठकमा बगर खेती गरिएको बालीको अवस्था, नानीहरु विद्यालय गए÷नगएका बारे समीक्षा र समूह बचतबारे बढीजसो छलफल गरिने गरिएको लालीगुराँस ‘क’ समूहकी अध्यक्ष पानवती सादा बताउँछन् । बस्तीमा लालीगुराँस र मनकामना ‘क’ र ‘ख’ नाउँका चारवटा समूहमा बस्तीका सबै घरका महिला सङ्गठित छन् ।

कृषि मजदुरी मुख्य पेशा भएका मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर दुईतिर भार बनाएर काँधमा बोकिने काम) काममा अब्बल मानिन्छन् । माटोसँग खेल्नु दैनिकी नै भएका मुसहर समुदाय आफ्नो गुजाराबाहेकका अन्य सामाजिक गतिविधिमा हम्मेसी देखिँदैनन् ।

यद्यपी पछिल्ला दिनमा क्रमशः आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यो समुदायको पनि चासो बढ्दै जाँदा पछिल्लो पुस्ताका नानी विद्यालय जान थालेका छन् ।

बगर खेती शुरु गरिएयता रकम सञ्चय गर्नसँगै मुसहर समुदायमा नानीहरु विद्यालय पठाउने, बिरामी हुँदा अस्पताल जाने, हरियो सागसब्जी खाने र आफ्ना आवश्यकताका कुरामा सम्बन्धित निकायमा पैरवी गर्ने बानी बढेको बेलगाछीका अन्य समुदायका बासिन्दा बताउँछन् । मुसहर बगर खेतीमा लागेपछि बस्तीमा हुने गरेका अन्य सामाजिक गतिविधिमा सरिक हुन थालेका गौशाला–८ का बासिन्दा त्यहाँका सामाजिक, राजनीतिक कार्यकर्ता काशी महतो बताउँछन् ।

नगरपालिकाले आव २०७५\७६ मा पाँचलाख खर्चेर नदीउकास बगरलाई सम्याउने, गह्रा बनाउने र परिवारपिच्छे जग्गा बाँडिदिएपछि मुसहर बगर खेतीमा लागेका हुन् । अहिले नदीउकास बगरमा भण्टा, परवल, लौका, फर्सी र अन्य तरकारीका बेला र बिरुवा मुसहरको श्रमले लहहाएका छन् । ढुङ्ग्यान र बलौटे ठाउँ हराभरा भएको छ । मुसहरहरुले शुरु गरेका बगर खेतीलाई सघाउन यसपालि चालु आव २०७६\७७ मा १० लाख विनियोजन गरिएको गौशालाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए ।

यसैबीच बगर खेतीमा लागेका मुसहरले दुई वर्षदेखिआफूहरुले नङ्ग्रा खियाएको जग्गा सोनी खोलाले बर्खामा कटान गर्ने र बालु थुपार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूहरुले खेती शुरु गरेको जग्गाको सुरक्षाका लागि सोनी खोलामा तटबन्ध गरिनुपर्ने मुसहरको माग छ ।

वि.सं.२०७६ पुस ७ सोमवार १३:३१ मा प्रकाशित

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...