back
CTIZAN AD

खानासँगै पानी पिउनु राम्रो कि नराम्रो ! यसो भन्छन् डा. कल्याण

वि.सं.२०७६ पुस ७ सोमवार

1.3K 

shares

धेरै मानिसमा यो छ कि खानासँगै पानी पिउनु राम्रो बानी होइन् । तर, खाना खाँदा समस्या आइरहन्छ भने थोरै-थोरै पानी पिउनु राम्रो हुन्छ भन्छन् स्वास्थ्य विज्ञ ।

पानीका विषयमा सामाजिक संजालमार्फत् डाक्टर कल्याणले यस्तो सुझाव दिन्छन् । उनका अनुसार मिल्छ भने थोरै थोरै गरेर दिनमा २-३ लिटर पानी पिउनु धेरै राम्रो हुन्छ ।

अधिकांश मानिसमा पानी धेरै पिएका कारण भन्दा पनि नपिएका कारण धेरै रोगहरुका समस्याहरु देखिन्छन् । त्यसैले पानी कसरी पिउने भन्दा पनि पानी कसरी धेरै पिउने भन्नेमा ध्यान दिनुपर्ने डा. कल्याण बताउँछन् ।

यदि तपाई जिम गर्नुहुन्छ, घर बाहिर काम गर्नुहुन्छ वा गर्मी ठाउँमा बस्नुहुन्छ भने ३ देखि ४ लिटरसम्म पानी पिउने गर्नुहोस् । हामीले पिएको पानी बाफ वा पसिना भएर वा आन्द्राको बाटो दिसामा पनि जान्छ । त्यसैले दिनमा कम्तिमा २ लिटर पिसाव आउने गरी पानी पिउनु राम्रो हुन्छ ।

यदि पानी पिउन मन लाग्दैन वा विर्सिने बानी छ भने पानीको बोतल आफ्नो अगाडि राख्नुहोस् । सँगै गीलास पनि राख्नुहोस् । यसो गर्नाले तपाईलाई पानी पिउन बानी पर्छ ।

खानासँग पानी पिउनु हुन्छ कि हुँदैन ?
खाना खाएको एक घण्टा अघि वा पछि पानी पिउनु अत्यन्तै राम्रो तरिका हो । तर, यदि खाना खाँदा कसैलाई गलो लाग्ने वा खाना अड्किने हुन्छ भने यस्तो अवस्थामा पानी पिउनुहोस् ।
अर्को कुरा खाना खाने क्रममा कस्तो खाना खाइन्छ त्यसमा पनि भर पर्दछ । जस्तै सुख्खा या साह्रो खानेकुरा खाइएको छ भने तुरुन्तै पानी पिउनुपर्ने हुन्छ । किनकी शरीरलाई यस्तो खाना पचाउन गाह्रो पर्दछ ।

तातो पानी पिउनु हुन्छ कि हुँदैन ?
तातो पानी पिउँदैमा कुनै असर पर्दैन । तर, तातो पानी मात्र पिउन खोजियो भने दिनमा चाहिने जति पानी नपिउन सकिन्छ । तातो पानी पिउन समय लाग्ने र लामो समय लगाउँदा कम पिउँदा पनि धेरै पिएको छु जस्तो भान हुन्छ । कसैलाई तातो पानी पिउदा आनन्द लाग्छ भने पिउदा पनि हुन्छ ।

तातो पानीले बढिरहेको मोटोपन घट्छ त ?
यदि तातो पानी पिएर तौल घट्छ भन्ने लाग्छ भने त्यो सत्य होइन । कसैलाई त्यस्तो अनुभव छ भने त्यो संयोग मात्र रहेको बताँछन् डा. कल्याण ।

वि.सं.२०७६ पुस ७ सोमवार १३:१५ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...