back
CTIZAN AD

भारत इरान द्धिपक्षीय वार्ता

वि.सं.२०७६ पुस ७ सोमवार

720 

shares

७ पुस, तेहरान ।  भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्धिपक्षीय वार्ता भएको छ । उनीहरुबीच आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर हाल इरानको भ्रमणमा रहेका छन् । उनले आइतबार अपराह्न राजधानी तेहरानमा विदेशमन्त्री मोहमद जावेद जारिफबीच सो भेटवार्ता भएको बताएको छ ।

आइतबार उनीहरुबीचको भेटवार्ता खासगरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढिकरणका क्षेत्रमा भेटवार्ता भएको विदेशमन्त्री जारिफले बताएका छन् ।

इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउन्टमा जनाएअनुसार सो भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढिकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावनाहरु खोज्ने विषयमा छलफल भएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण भएको छ ।

उक्त बन्दरगाह अफगानिस्तानमा द्धन्द्धको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महत्वपूर्ण मार्गका रुपमा लिइन्छ ।उक्त बन्दरगाहाको भारत, इरान र अफगानिस्तानले संयुक्त रुपमा विकास गरेका यसअघिका समाचारहरुमा जनाइएको छ । यसैबीच हालैमात्र इरानी राष्ट्रपति रउहानीले जापानको भ्रमण गरेको दुई दिनपछि भारतीय विदेशमन्त्रीको इरान भ्रमण भएको अर्को एक समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको इरानी राष्ट्रपतिको भ्रमण भएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिका र इरानबीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले इरानको भ्रमण गर्नुभएको र त्यसपछि हालैमात्र इरानी राष्ट्रपतिको यो भ्रमण भएको ती सञ्चारले जनाएका हुन् ।

इरानी राष्ट्रपतिको यो भ्रमण हालै कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम गर्ने क्रममा भएको अनुमान गरिएको छ । दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ ।

ती वार्तामा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ ।

उता आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको थियो । उनीहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ ।

वि.सं.२०७६ पुस ७ सोमवार १३:४५ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...