back
CTIZAN AD

आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस (पुस ८ गते) को राशिफल

वि.सं.२०७६ पुस ८ मंगलवार

1.1K 

shares

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। सोमवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। आलोचकहरूले पनि प्रशंसा गर्न थाल्नेछन्। लाभप्रद कामको जिम्मेवारी हातलागी हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। सप्ताहान्तमा काम रोकिने हुँदा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। वादविवादमा भरसक अघि नसर्नुहोला ।

वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वोे
सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। खर्च लागे पनि परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। सोमवार र मंगलवार आकस्मिक खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। आँटेको काम बन्नेछ। सप्ताहान्तमा बलजफ्तीले काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, हो
साताभर विभिन्न अवसर प्राप्त भए पनि प्रारम्भ र अन्त्यमा केही समस्यासँग जुध्नुपर्ला। आफ्नो लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। आँटले काममा सफलता दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। मनग्गे आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापारमा फाइदा हुनेछ। सप्ताहान्तमा खर्च बढ्नुका साथै अवसरका लागि केही दौडधुप गर्नुपर्ला। बुद्धिको उपयोगले मात्र काम बन्नेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डोे
प्रयत्न गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। मंगलवारतिर वादविवादमा परिएला। काममा केही अवरोध देखिए पनि बुधवारदेखि स्थिति अनुकूल बन्नाले आम्दानी बढ्नेछ। पेसा तथा व्यापारमा मनग्य फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा भने जिम्मेवारी पूरा गर्न खर्चको जोहो गर्नुपर्ने चुनौती देखापर्न सक्छ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती देखिएलान्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि अन्त्यमा आयस्रोत बढ्नेछ ।

कन्या राशि -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा रमाइला ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। तर बाध्यतावश अप्ठ्यारा कामको बोझ समेत उठाउनुपर्ला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। बुधवारदेखि स्थितिमा सुधार हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले उत्साह जाग्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ। सप्ताहान्तमा केही काम रोकिने र वादविवादमा परिने सम्भावना छ ।

तुला राशि- रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। बुधवार९बिहीवारतिर यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। अस्वस्थता, झुटा आरोप र चुनौती आइलाग्ने देखिन्छ, गोपनीयतामा विशेष ध्यान दिनुहोला। सप्ताहान्तमा भने बुद्धिको उपयोगले परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ ।

वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, युे
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। विभिन्न अवसर प्राप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। तर निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो हुने देखिन्छ। सप्ताहान्तमा व्यावहारिक उल्झनले केही समस्या निम्त्याउन सक्छ ।

धनु राशि -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। श्रम परे पनि घरेलु कामकाज भने सम्पादन हुनेछन्। मिहिनेत तथा बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सप्ताहान्तमा प्रतिस्पर्धामा उत्रनुपर्दा साथीभाइ टाढिन सक्छन्। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ ।

मकर राशि- भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
प्रारम्भमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिष्ठित काम गरेर अवसर हातपार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। तर सोमवार र मंगलवार सहयोगीहरूको भरपर्दा पछि परिनेछ। साइनो गाँस्नेहरूले पनि दुःख दिन सक्छन्। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। बुधवारदेखि काम बन्नाले फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। सप्ताहान्तमा भने खर्चिलो काम आँट्नाले केही चुनौती देखा पर्नेछन् ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, दा
प्रारम्भमा विद्या र धन प्राप्त हुनाले मन प्रसन्न हुनेछ। बोलीको प्रभावले काम बन्नेछ। सोमवार र मंगलवार भने प्रतिस्पर्धीहरूले दुस्ख दिन सक्छन्। सहयोगीहरू टाढिनाले खर्च बढ्नेछ। तापनि नियमित काम सम्पादन हुनेछन्। बुधवारदेखि आफन्तको सहयोग जुट्नाले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सप्ताहान्तमा रचनात्मक काम गर्दै फाइदा उठाउने अवसर जुट्नेछ। अध्ययनमा प्रगति र व्यापारमा फाइदा हुनेछ ।

मीन राशि- दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज बन्ने हुँदा बोलीव्यवहारमा सजग रहनुहोला। सप्ताहान्तमा विवादास्पद काम गर्नुपरे पनि भौतिक साधन जुट्नाले काम बन्नेछ ।

२०७६ साल पुस ८ गते मंगलबार
उपप्रा, लक्ष्मीप्रसाद बराल फलितज्योतिषाचार्य ९८४१३५२१६४

यस्तो छ तपाईको आज( पुस ७ गते) को राशिफल

वि.सं.२०७६ पुस ८ मंगलवार ०७:१० मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...