back
CTIZAN AD

१४ वर्षीय किशोरीले भनिन्, हेलो प्रहरी ! म बिहे गर्दिनँ

वि.सं.२०७६ पुस ८ मंगलवार

705 

shares

१४ वर्षीय किशोरी । गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन् । गृहकार्य सकिन् । रात छिप्पिन थालेपछि आफन्तले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे । त्यहाँ विशेष चहलपहल थियो । उनलाई जिज्ञासा उठ्यो ।

किन यति धेरै मानिस भेला भएका ? मलाई किन यहाँ ल्याइयो ? केहीबेरमा थाहा पाइन् त्यहाँ उनको बिहे हुँदैछ । न उमेर पुगेको थियो न उनलाई बिहे गर्न मन थियो । उनी उम्कन सक्ने अवस्थामा थिइनन् । बिलखबन्दमा परिन् केहीबेर । कक्षा ९ मा सँगै पढ्ने साथीसँग सहयोग लिइन् ।

प्रहरीलाई १०० नम्बरमा फोन गरेर आफैंले पनि खबर गरिन् । प्रहरी टोली तत्काल बिहे हुन लागेको घरमा पुग्यो । उनको बिहे रोकियो । झुक्याएर बिहे गराउन खोज्ने आफन्तलाई प्रहरीले नियन्त्रणमा लियो । स्याङ्जाको हरिनास गाउँपालिका ६ की किशोरीले भोगेको घटना हो यो । सानैमा आमाको निधन भएपछि बुवाले अर्की ल्याए ।

उनी हजुरआमासँग बस्दै आएकी थिइन् । हजुरआमालाई फस्ल्याङफुस्लुङ पारेर आफन्तले सोही गाउँका २७ वर्षीय सन्तबहादुरसँग उनको बिहे गरिदिन लागेका थिए । मंगलबारको अन्नपूर्ण पोस्टदैनिकबाट

वि.सं.२०७६ पुस ८ मंगलवार ०७:३७ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...