back
CTIZAN AD

पर्वतका एक युवाले आविष्कार गरे कोदो झार्ने यन्त्र

वि.सं.२०७६ पुस ९ बुधवार

966 

shares

९ पुस, पर्वत । यहाँका एक युवाले कोदो झार्ने नयाँ मेशिनको आविष्कार गरेका छन् । कृषिमा आधुनिकीकरणका उपकरणको माग बढ्दै गएका बेला कुस्मा नगरपालिका–१२ ठूलीपोखरीको टुटुङ्गा घर भएका बाबुराम विश्वकर्माले कृषि क्षेत्रमा सहयोग पुग्ने कृषि औजार तयार पारेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएकाले जसोतसो जीवन चलाइरहेका उनले झण्डै रु ५० हजारको लगानीमा मेशिन तयार पारेको बताए । “गरे सम्भव हुने रहेछ, बनाउन सक्छु भन्ने आँट बोकेर प्रयास गरेको थिएँ । मैले बनाएको मेशिनले कोदो झारेको छ”, बाबुरामले भने, “मेरो परीक्षण सफल भएको छ ।” यसलाई परिमार्जन गर्दै अझै विकसित रूप दिन सक्ने हो भने कृषि क्षेत्रका लागि यो मेशिन महत्वपूर्ण औजार बन्न सक्छ । उमेरले २८ वर्ष पुगेका बाबुरामको योग्यता भने एसएलसीसम्म मात्रै हो । उच्च शिक्षा अध्ययन गर्ने चाहना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण दैनिकी चलाउनसमेत मुस्किल भएकाले उनले अध्ययनलाई अगाडि बढाउन सकेनन् ।

मेशिनरी तथा इलेक्ट्रोनिक्स औजारमा बढी चासो राख्ने तथा सानै उमेरदेखि हाउस वायरिङ, घडी रेडियोको मर्मतलगायतका काम पनि गर्दै आएका विश्वकर्मा त्यसैमा तल्लीन रहँदै कोदो झार्ने मशिनको सफल परीक्षण पनि गरे । झण्डै एक महिनासम्म लगातार गरेको मेहनतबाट मेशिन तयार पार्न सकेको र त्यसमा स्थानीय ठाउँमा पाइने काठ तथा फलामका सामग्री जोडेर विद्युतीय मोटरको प्रयोग भएको विश्वकर्मा बताउँछन् । विद्युत्बाट चल्ने उक्त मेशिनले एक घण्टामा छ मुरीसम्म कोदो झार्न सक्ने कार्यक्षमता रहेको छ ।

“सम्बन्धित निकायले सहयोग गरेमा यसलाई माथिल्लो स्तरसम्म पनि पु¥याउन सकिन्छ ।” बाबुरामले भने, “मेरो अनुरोधको सुनुवाइ भयो भने यो मेशिन कृषि क्षेत्रमा उपयोगी बन्न सक्छ ।” अहिले कोदो झार्ने मेशिन बनाएको भए पनि अबको आफ्नो प्रयास कोदोको दाना र भुस छुट्टाउन सक्ने मेशिन निर्माण गर्नु रहेको उनको भनाइ छ ।

धानखेती हुँदै आएको क्षेत्रमा यो मेशिनको महत्व नभएको भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा गरिँदै आएको कोदो खेतीको प्रोत्साहनका लागि मेशिनको उपयोगिता महत्वपूर्ण हुनसक्ने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । “मैले त्यही ठाउँमा पुगेर बाबुरामले बनाएको मेशिन त हेरेको छैन तर थाहा पाएअनुसार उपयोगी बनेको छ ।” उनले भने, “कोदो झार्नका लागि अपनाइने गरेको परम्परागत शैलीलाई परिवर्तन गरेर मेशिनले काम गर्ने हो भने कोदो खेती गर्नेको सङ्ख्या बढाउन पनि सघाउ पुग्छ ।”

जिल्लामा धान लगाउन मिनी टिलर र धान झाँट्नको लागि थ्रेसर मेशिनको प्रयोग बढ्दै गएको भए पनि अन्य बालीका लागि उपयोगी हुने मेशिनरी औजार खासै भित्रिएका छैनन् । यो परिवेशमा कोदो झार्न सकिने मेशिन तयार हुनुले राम्रो भएको कृषिसँग सरोकार राख्ने बताउँछन् । अहिलेसम्म कोदो झार्नका लागि चार÷पाँच दिनसम्म घाममा सुकाउने र लौराले हानेर झार्ने गरिएको थियो । (रासस)

वि.सं.२०७६ पुस ९ बुधवार १५:४३ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...