back
CTIZAN AD

उत्सवप्रेमी नेपाली र मेरी क्रिष्मस

वि.सं.२०७६ पुस ९ बुधवार

987 

shares

आज २५ दिसम्बर, इसाई धर्मका प्रवर्तक जिसस क्राइष्टको जन्मदिन हो । विश्वभरी उनको जन्मदिन मनाइदै छ । इसाई विश्वमा ७ दिनसम्म रमाइलो गर्छन् ।

आजको दिनमा दिने शुभकामना अन्य दिनको भन्दा फरक छ । Merry Christmas भनिन्छ, Happy Christmas भनिदैन । यो किन होला ?

Happy भन्नाले भावनात्मक अनुभूति हो भने Merry भनेको ब्यवहारले Happy देखाउने हो । आजका दिन दिल खोलेर रमाइलो खुशी हुने दिन भएकोलेMerry Christmas भनिन्छ, अरु बेला जस्तो Happy New Year वाHappy Birthday वा Happy Anniversary भनिदैन । आजको दिन उपहार दिने, जताततै बत्ति बालेर तिहार झैं मनाइन्छ । सबैले एकले अर्कालाइ गिफ्ट दिन्छन् । केटाकेटीलाइ अरु के नै चाहियो र? सुन्दर गिफ्ट पाउने हुँदा ती अधैर्यका साथ आजको दिनको पर्खाइमा हुन्छन् । गरिब-गुरुवा र दुःख पाएकालाइ खाना खुवाइन्छ ।

क्राइष्टलाइ विश्वको मान्नुपर्ने धेरै कारण होलान् तर सबैलाइ माया गर, सबैलाइ क्षमा गर भन्दै जिससले आफ्नो जिवन गुजार्नु भयो । गरिब र दुःखीहरुका निम्ति सेवा गर्नु भयो ।
यति महान असल मान्छेलाइ पनि तत्कालको समाजले चौबाटो किल्ला ठोेकर अपमानजक रुपमा सबैले देखून् भनेर क्रसमा झुण्डाएरै मारे । त्यो बेलाको समाज यति क्रुर र पापी थियो, त्यस्तो बेलामा जिससको जन्म भएको थियो ।

शुक्रबारको दिन जिससलाइ किला ठोकेर झुण्डाइएको थियो । तर पर्सिपल्ट आइतबारको दिन बीचबाटोमा चौकिदारहरुको निगरानीमा हुदाँहुदै उनी त्यहाबाट अकस्मात बेपत्ता भएका थिए । त्यसपछि उनी कता गए वा उनलाई कता लगियो त्यो अझै रहस्यको कथा छ । आइतबारको दिन उनी पुनर्जिवित भएका थिए भनिन्छ । जिससलाई इश्वरका दूत मानिन्छ र त्यसैले उनी मरेका थिएनन् भनिन्छ ।

आइतबारको दिन उनी बेपत्ता भएपछि नेपालको हिमालयमा कतै आएर बाँकी जीवन विताएको भन्ने पनि भनाइ छ । नेपालमा उनी अर्कै नामले चिनिन्थे भनिन्छ ।
‘सबैलाइ प्रेम गर, कसैलाइ घृणा नगर, सबैलाइ माफ गर’– मलाइ जिजस महान लाग्ने कुरा यिनै हुन् ।

समाजमा परित्यक्य नरनारीको सेवा गर्ने उद्दार गर्ने काम उनले आफ्नो जीवनकालमा गरेका थिए, जवानी मै उनलाइ बेपत्ता हुन बाध्य पारिएको भएता पनि यिनै गुणले गर्दा जीवनभरी दुःख पाएता पनि हामी जिससलाइ भगवान मान्दै आएका छौं । उनको जिवन कष्ठमय भयो तर आफ्नो कर्तब्यवाट कसैप्रति गुनासो नगरी कहिले उनी विमूख भएनन् । यो नै महान आत्माहरुको गुण हो । महान जिजस क्राइष्टप्रति श्रद्धासुमन ।

नेपालीहरु स्वभावले जात्रा चाडपर्वप्रेमी समाज हो । कुनै पर्व आउन पाएको छैन , जेमा पनि धूमधामसंग मनाउन अघि सरिहाल्छन् । नेपालीहरु Happy समाज मात्र हैन,Merry समाज पनि हो, जतिखेर पनि दिल खोलेर, ज्यान फालेर पर्व जात्रा मनाउने ।

चाहे दशैं, चाहे तिहार, चाहे बिक्रमको वा ईसाको नयाँबर्ष, चाहे इद, चाहे क्रिसमस, चाहे ल्होसार, चाहे घोडे वा गाई जात्रा, चाहे जे भेटियो त्यसमै रमाउने नेपाली मेरी जाती । बाहिर कष्ठ भोगेको देखिए पनि नेपालीहरु भित्रबाट कुनै मापनयन्त्रले नाप्न सकिने भए विश्वकै खुशी समाज भएको पक्कै प्रमाणित हुने थियो । प्रमाणित होस् कि नहोस्, खुशी आनन्दित नेपालीको यही चरित्र सदा कायम रहोस्, यसमा धूलो नलागोस् ।

जीवन लिला हो, यसमा हामीले गुनासो नगरी रमाइलो गर्दै कलाकारको भूमिका सम्पादन गर्नुपर्छ । लिला भनेको रमाइलो गर्ने नाटक हो । हामी जहाँबाट आएका हौं, अन्ततः त्यतै फर्कन्छौं ।

धेरैले उही विकृत व्यवहार गरिरहेको छ भने त्यो सदाचार हो भन्ने भ्रमात्मक सोच अहिले अधिकाँश नेता वा उच्च पदाधिकारीमा व्याप्त भएको पाईनु दुर्भाग्यपूर्ण छ । ठूला जिम्मेदार नेता वा पदाधिकारी भनेका समाजमा सर्वसाधारणका निम्ति सदाचारमा अब्बल र मार्गदर्शक व्यवहारका प्रतीक हुनैपर्छ । ‘जस्ता नेता व्यवहार गर्छन् त्यस्तै जनता अनुकरण गर्छन्,’ भगवत गीताले भनेको छ ।

नेपाली समाज मूलत : उत्सवप्रेमी हुन् । यी न कट्टर धार्मिक र न आध्यात्मिक हुन् । नेपालीका कट्टरपना बोलीमा देखिए पनि व्यवहार यी जत्तिका उदार सायदै अरू कुनै देशका समाज होलान् । बहाना मात्र चाहिन्छ, यी जसको पर्वमा पनि झूम वा लट्ठ हुन्छन् । जीवन जति कष्टमय भए पनि यी खुशी बन्न र रमाउन जानेका हुन्छन् र छन् ।
( हङकङबाट)

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

मानव बिकासका साधक र बाधक बुझ्न सक्षम हुनु नेता होस्

वि.सं.२०७६ पुस ९ बुधवार १५:०१ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...