back
CTIZAN AD

मानव बिकासका साधक र बाधक बुझ्न सक्षम हुनु नेता होस्

वि.सं.२०७६ मंसिर २९ आइतवार

954 

shares

जनताको समग्र कल्याणले नै मुलुकको सरकारको औचित्य पुष्टि गर्छ । सरकारले कस्तो नीति बनाउछ र कसरी त्यो कार्यान्वयन गर्छ त्यसबाट उसको प्रभावकारिता एवं औचित्यको मुल्यांकन हुने गर्छ ।

जनताका खाचो के के हुन् ? मानिसका जीवनभरका प्रयत्न, क्रियाकलाप र दौडधुप तिनको अनेक आवश्यकता पूर्ति गर्नका निमित्त नै हुन्छन् । सन् पचासको दशकमा यसलाई समाजशास्त्री अव्राहम मास्लोले ५ चरणमा विभाजन गरेका थिए, जसलाई मास्लोको आवश्यकताको सृंखलाको ५ वर्ग भनिने गरिन्छ । ती हुन, भौतिक–आवश्यकता, सुरक्षा–आवश्यकता, सामाजिक–आवश्यकता, सम्मान–आवश्यकता र आत्मज्ञान–आवश्यकता । सम्मानको आवश्यकतालाई स्वायत्तता र पर्यावरणीय आवश्यकतामा थप विभाजित गरिएका छन् । यसरी हेर्दा ६ वटा आवश्यकता पूर्ति गर्नमा नै मानिसको सारा जिन्दगी वितेको हुन्छ । यिनै ६ आवश्यकता पूर्ति गर्नका लागि सरकारले विकासको नीति बनाउनु पर्छ वा बनाउँछ, जसले त्यो राम्ररी गर्नसक्दैन, त्यो सरकार असफल ठहरिन्छ । र, विलिन हुन्छ ।

राष्ट्रिय बिकासलाई ३ वर्गमा विभाजन गर्न सकिन्छ । आर्थिक बिकास जसले आम्दानीलाई संकेत गर्छ, सामाजिक–आर्थिक बिकास जसले मास्लोको आवश्यकताहरुलाई सम्वोधन गर्छ, र सामाजिक बिकास जसले समाजको असमानतालाई दर्शाउछ ।

जमीन, जनश्रम, पुँजि, व्यवस्थापन, सरकार संचालन र आन्तरिक एवं बाह्यव्यापार आर्थिक विकासका आधारहरु हुन् ।
भौतिक, सुरक्षा, अपनत्वपन, सम्मान र आत्मज्ञान सामाजिक–आर्थिक विकासका आधारहरु हुन् ।

त्यसैगरी, धनि–गरिब, सहरी–ग्रामीण, निजी–सार्वजनिक, महिला–पुरुष, अग्र–पश्च जातजाति आदिबीच विद्यमान असमानताको अन्त्य सामाजिक विकासका आधारहरुका मापदण्ड मानिन्छन् ।

तसर्थ, मुलुकको विकास त्यहाका वासिन्दाको नै समग्र विकास हो ।

आम्दानीको निश्चित परिमाणको सिमासम्म पुर्याउने अठोट गरी त्यहा पुर्याउनु आर्थिक बिकास हो । नेपालको अहिलेको प्रतिव्यक्ति आय करिब १००० अमेरिकी डलर छ, यसलाई ३ हजार डलरमा पुर्याएर मध्यमस्तरको विकसित मुलुक बनाउने घोषणा नेकपा सरकारले गरेको छ । यति आय पुर्याउन सकियो भने प्रत्येक नेपाली जनतालाई खाना पकाउन, नुहाउन, लुगा र अन्य सडक घर सफा गर्न पुग्ने परिमाणमा जल उपलव्ध भएको हुनेछ । त्यस्तै खाना पकाउन र अन्य घरायसी उपकरण चलाउन विद्युत उर्जा, घरआगनका लागि घडेरी जमीन, सडकका लागि आवश्यक जमीन, खेल्न र आमोदप्रमोदका लागि पार्क वा खेलमैदान र रंगशालाहरुको सुविधा प्राप्त हुनेछन् । मध्यमस्तरको आर्थिक विकासको अवस्थाको राष्ट्रिय परिदृश्यमा यस्ता सामान्य घरायसी आवश्यकताहरुको पर्याप्त परिपूर्ति भइसकेको हुन्छ ।
सामान्यस्तरमा बिकसित मुलुकको आर्थिक सामाजिक पक्षको स्वरुपमा परिवर्तन भइसकेको हुन्छ ।

पिउने पानी, घरायसी प्रयोजनको लागि इन्धन, प्राथमिक शिक्षाको सुविधा आदि बाच्नका लागि नभई नहुने भौतिक आवश्यकता हुन् ।

आवासका लागि घडेरी, कम्प्युटर साक्षरता, व्यावसायिक शिक्षाको सुविधा, सुरक्षा सम्वन्धी आवश्यकता हुन्, यसबिना मान्छे आफूलाई जीवनयापन सुरक्षित ठान्दैन । सार्वजनिक यातायात, सडक आदि सामाजिक–आवश्यकता हुन्, यसबिना समाज समाजबीच सामाजिक सम्वन्ध स्थापित हुन सक्दैन ।
दूरसंचार, व्यक्तिगत यातायात, सरसफाई, भौतिक खुलापन, स्वच्छ वातावरण, उच्चशिक्षा आदि मानिसका लागि सम्मानका आवश्यकता मानिन्छन्, यसबिना मानिस आफूलाई सम्मानपूर्वक बाच्न पाएको महसूस गर्दैन । सांस्कृतिक एवं आमोदप्रमोद, पूजापाठ उपलव्धता बिना मानिसल जिवनलाई नियाल्न सक्दैन । समानता, समन्याय, सम्पत्ति, शिक्षा, लिंग, धर्म, सहर–गाउ, निजी–सार्वजनिकमाझ न्युन–विकास भिन्नता, अगाडि परेका–पिछडिएका समाज–समाज बिचमा न्युनअन्तर कायम गरिनु सामाजिक–आर्थिक विकासका पक्ष हुन् ।

मानिसका बिभिन्न आवश्यकताहरु पूर्ति गर्न जमीन, वातावरण, व्यवस्थापन, भौतिक संरचना, व्यापार, सरकारको उचित प्रवन्ध गरिनुपर्छ । पानी, इन्धन, उर्जा, घडेरी जमीन, खुला ठाउँ, सडक, मुख्य एवं सहायक सडक, कार्यालय र संस्थागत सार्वजनिक भवनहरु, कलकारखाना, द्रूत सार्वजनिक यातायातका दूरसंचार, इन्टरनेट तथा अन्य सूचना केन्द्रहरुको व्यवस्था पनि गरिनुपर्छ । समाजमा विकासलाई हाक्ने र त्यसलाई अवरोध गर्ने तत्व हुन्छन् । सरकारले त्यसलाई ठिक ढंगमा अध्ययन एवं पहिचान गर्न सक्नुपर्दछ ।

जमीनलाई पूर्वाधारका संरचनाले, श्रमलाई शिक्षाले, पुजिलाई उदारीकरणले, व्यवस्थापनलाई प्रतिस्पर्धाले, बाहय बन्दव्यापारलाई विश्वव्यापीकरणले र सरकारलाई विधिको शासनले गति दिन्छ ।

त्यस्तै, जमीनलाई सांधुरोपनाले, श्रमलाई असान्दर्भिक शिक्षाले, पुँजिलाई नियन्त्रणले, व्यवस्थापनलाई सहानुभूतिभाव–हीनताले, बाह्य बन्दव्यापारलाई अति संरक्षणले र सरकारलाई अतिलोकप्रियताले अवरोध खडा गर्छ । यी बिकासका अवरोधक हुन् ।

विकासका साधक र अवरोधकको अवस्था, परिमाण, वातावरणलाई सुविचारित बस्तुगत अध्ययनपछि सोही अनुरुपको ज्ञानमा आधारित आधुनिक बैज्ञानिक नीति, कार्यक्रम, संगठन, विधि, प्रक्रिया, जनशक्ति, प्रविधि र भौतिक साधन–सुविधाको जोहोबाट मात्र जनताका आधारभूत देखि उच्चस्तर सम्मका आवश्यकताहरु पूर्ति गर्न संभव हुन्छ ।

आधुनिक नेताको क्षमता र नेतृत्व बिकासका साधक र बाधकलाई प्रष्ट बुझ्न समर्थ अनुकूल आधुनिक बैज्ञानिक, प्रध्योगिकीय शिक्षा संस्कार, अनुभव र प्रशिक्षणको खाँचो पर्छ ।

उपाध्याय नेपाल सरकारका सचिव हुन्

नेता सफल र कर्मचारी असफल हुँदैन

वि.सं.२०७६ मंसिर २९ आइतवार ११:२२ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...