back
CTIZAN AD

‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको उत्तर कोरियाली अधिकारीद्वारा जानकारी

वि.सं.२०७६ मंसिर २९ आइतवार

651 

shares

२९ मसिंर, प्योङयाङ । उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको सरकारी समाचार संस्था (केसीएनए)ले शनिबार सरकारी स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उत्तर कोरियाली सोहाए परमाणु परीक्षण स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले लेखेको छ ।

“अर्को महत्वपूर्ण परीक्षण यही डिसेम्बर १३ गते साँझ १०ः४१ मा शुरू भै १०ः४८ बजे सफलतापूर्वक सम्पन्न गरिएको छ,” केसीएनएले उत्तर कोरियाको ‘नेशनल एकेडेमी अफ डिफेन्स साइन्स’ का प्रवक्ताको विज्ञप्तिलाई उद्धृत गरी जानकारी गराएको छ । शुक्रबार सोहाए परमाणु परीक्षण क्षेत्रबाट परीक्षण गरेको जनाइए पनि यसबारे विस्तृत विवरण भने दिइएको छैन ।

उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमा पछिल्ला दुई परीक्षण सोहाएबाट नै गरेको हो । अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक एक दिन पहिले भएको हो ।

“उत्तर कोरियाले आगामी ‘क्रिसमस डे’ का दिन कुनै क्षेप्यास्त्र परीक्षणको तयारीमा रहेका छन् र यसलाई उनीहरूले रकेट प्रणाली भन्न सक्नेछन् तर यो वास्तवमा मध्यम दूरीको (अन्तर महादेशीय) क्षेप्यास्त्र हो,” उत्तर कोरियाली मूलका सोलस्थित अन्वेषक अहन चान-इलले एएफपीलाई बताए ।

एनले भने, “‘क्रिसमस डे’ अर्थात् डिसेम्बर २५ मा जेसुकै हुनसक्ला तर सोहाए परीक्षणहरू मध्यम दूरीको क्षेप्यास्त्र परीक्षणको तयारीका रूपमा गरिएका अनुमान गर्न सकिन्छ ।”

वि.सं.२०७६ मंसिर २९ आइतवार ११:१० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...