back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति अमेरीकामा आर्थिक पारदर्शिताको माग

वि.सं.२०७६ पुस १० बिहीवार

840 

shares

१० पुस, काठमाडौँ । अमेरीकामा रहेको नेपाली कांग्रेस निकट जनसम्पर्क समितिलाइ सांच्चैको जनसम्पर्क समिति बनाउन र ‘आर्थिक पारदर्शिता’ को आम चासोको मुद्दालाई सत्यतथ्य छानविन मार्फत किनारा लगाउँदै सबैको भावना र अपनत्व समेट्ने व्यवस्था मिलाउन माग गरीएको छ ।

बिज्ञप्ति मार्फत भनिएकौ छ ‘ मातृभूमि नेपालमा प्रजातन्त्र स्थापना र स्थायित्वका लागि उर्जाशील समय व्यतित गरेका, द्वन्दमा अभिभावक गुमाएका, उन्नत शिक्षा र सहज जीवनयापन प्राप्तिका कारणले सांस्कृतिक तथा पारिवारिकताको न्यानोपनबाट अलग रहन बाध्य भएका सम्पूर्ण प्रजातन्त्र प्रेमीहरूमा हार्दिक जय नेपाल ।

नेपाली कांग्रेस र भातृ संस्थाको विभिन्न तह र तप्काको जिम्मेवारी वहनगर्दै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी सभापति, केन्द्रीय सदस्य एवं पदाधिकारी, नेपाल सरकारका मन्त्रि एवं राष्ट्र सेवक, डाक्टर, इन्जिनियर, पत्रकार, स्कलर्स, व्यापारी, कलाकार, खेलाडी लगायत शुभेच्छुकहरू स्वेच्छा वा बाध्यतावस हाल संयुक्त राज्य अमेरिकामा अस्थाई वा स्थाई वसोवास गर्नु हुने सम्पूर्ण न्याय प्रेमी लोकतन्त्रवादीहरूमा एकतावद्ध भएर प्रजातन्त्रको सवलिकरणको पक्षमा उभिन हार्दिक अनुरोध गर्दछौं ।

आजको एक्काइसौं शताब्दीमा विश्वको परिवर्तित आयाम अनुकूल नेतृत्व गर्न सक्ने राष्ट्रीयता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रता अवलम्बन गरेको र तदनुरूप मातृ पार्टी नेपाली कांग्रेसलाई योगदान दिन सक्ने, अमेरिका स्थित लोकतान्त्रिक संस्था र नेता तथा कार्यकर्ता विच समन्वय गराउँन योग्य, पार्टीका विभिन्न जिम्मेवारीमा रहि अनुभव सँगालेको, पार्टीको आदर्श, विधी र विधान को मर्म र भावनालाई आत्मसाथ गरेको, ईमानदार र गतिशिल नेतृत्व आजको आवश्यकता हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकामा देखापरेका कमीकमजोरीलाई सुधार गर्दै ‘आर्थिक पारदर्शिता’ को आम चासोको मुद्दालाई सत्यतथ्य छानविनमार्फत किनारा लगाउँदै सबैको भावना र अपनत्व समेट्ने साथै संश्थालाई “हामि सबैको’ बनाउन जनसम्पर्क समितिलाई व्यवहारमा नै नेपाली जनसम्पर्क समितिबनाउँन सम्पूर्ण निष्ठावान सामाजिकतथा राजनैतिक महानुभावहरूलाई लोकतान्त्रिक मूल्य र मान्यताको यस सुन्दर बगैंचालाई मलजल गर्दै पारदर्शी निर्वाचनमार्फत नेपाली जनसम्पर्क समितिलाई चुस्त दुरुस्त बनाउँने महानअभियानमा सहभागि हुन हार्दिक अपिल गर्दछौं ।

नोटः अमेरिकामा बस्दै आउनु भएका नेपाली कांग्रेस सगं आबद्ध अग्रज, नेतागण र साथिहरु यस ईमेल मार्फत सल्लाह, सुझाव र सम्पर्क गर्नु हुन् हार्दिक अनुरोध गर्दछौं।

मितिः डिसेम्बर २५, २०१९

इमेलः alliance.nprca@gmail.com
फेसबुकः https://www.facebook.com/anprc.america

वि.सं.२०७६ पुस १० बिहीवार १५:५२ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...