back
CTIZAN AD

नयाँ दुलहीले श्रीमानको खाताबाट १० लाख डलर लिएर भागेपछि…

वि.सं.२०७६ पुस ११ शुक्रवार

1.1K 

shares

अमेरिकाको फ्लोरिडा राज्यको ट्यांम्पा शहरमा ७७ बर्षिय बृद्धसँग बिहे गरेकी २६ बर्षिय पत्नीले १० लाख डलर नगद लिएर भाग्ने हुँदा पक्राउ परेकी छिन् । आफ्नो पतिको खाता बाट झन्डै १० लाख डलर नगद लिने प्रयास गर्दा उनि पक्राउ परेकी हुन् ।

गत अगस्त महिनामा बिहे गरेकी नयाँ दुलहीले रकम लिएर कुलेलाम ठोक्ने हुँदा समातिएकी हुन् । उनीलाई यही महिनाको प्रारम्भमा ट्यांम्पा अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

लिन हेलेना हेल्फोन नाम गरेकी ती महिलाले बृद्ध नागरिकसंग पैसाको लागी बिहे गरेको खुलासा भएको छ । उनले बृद्ध व्यक्तिको शोषण, योजनाबद्ध ठगी र शोषणको आरोपको सामना गर्नु परेको छ ।

उनी पहिलो पटक अदालतमा हाजिर हुँदा न्यायाधीशले उनीलाई १० लाख डलरको जमानत राख्न भनेको छ । उनका पति ट्याम्पाका ब्यापारी रिचार्ड र्याप्पापोर्ट हुन् । उनलाई अनुसन्धानकर्ताहरुले उनकी पत्नीले के गर्दै छिन् भन्ने बारेमा जानकारी दिएका थिए ।

त्यस्तो हुँदा पनि उनका पतिले उनलाई उनको मातृभूमि इजरायल पठाउन (देश निकाला )भने चाहेनन् । जव उनकी पत्नीले त्यत्रो पैसा निकाल्न खोज्दा कर्मचारीले दिन अस्विकार गरेका थिए । तर दुई वटा धनादेश(चेक) बाट करिव ६ लाख ६६ हजार डलर ओर्लांन्ड़ो व्यापारबाट नगद गरिएको थियो ।

पछि उनले धोखाधडी र ठगीको शिकार भएको महसुस गरे र पक्राउ गर्न आदेश दिएका थिए । ७७ बर्षिय वृद्धका छोरीले बाबुले बिहे गरेको बारेमा कुनै जानकारी नभएको बताइन् ।

छोरीले आफ्नो बुवाको उमेरको कारण हल्फोन धुर्त  र ठग भएको ठहर गरिन् । तर हालफनको वकिलले दुवैको आधिकारिक बिहे भएको जानकारी दिए ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १२:१० मा प्रकाशित