back
CTIZAN AD

भुलभुले दूधकुण्ड, रुवालुङ झरना र झाक्रीवास गुफा…..अवलोकन गर्न जाने कि !

वि.सं.२०७६ पुस ११ शुक्रवार

708 

shares

११ पुस, खोटाङ । भ्रमण वर्ष सन् २०२० को शुभारम्भ दिक्तेलबाट गरिएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ द्वारा बिहीबार यहाँ आयोजित विशेष कार्यक्रमको जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष सीता सुन्दासले शुभारम्भ गर्दै खोटाङको पर्यटन प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्छ भने ।

कार्यक्रममा सहभागीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्ड, रुवालुङ झरना, झाक्रीवास गुफालगायत धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गराइएको थियो ।

दिक्तेलस्थित ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा तथा हलेसी तुवाचुङ नगरपालिकास्थित मानव सभ्यताको उद्गमस्थल एवं किराँती आदिम भूमि तुवाचुङ जायाजुम, हलेसी महादेव मन्दिर, मारतीका गुम्बा, बसाहा थानलगायतका धार्मिक तथा पर्यटकीयस्थलको सहभागीलाई आज भ्रमण गराइने कार्यक्रम रहेको छ ।

जिल्ला समन्वय समितिद्वारा आयोजित सो कार्यक्रममा सहभागीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चार, हलेसी तुवाचुङ नगरपालिकाको चार तथा अन्य आठ गाउँपालिकाको एक÷एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल समेटिएको तस्वीर वितरण गरिने जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले जानकारी दिए ।

भ्रमणवर्षलाई ध्यानमा राखि हरेक स्थानीय तहले धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नति गरेको छन् । त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो ।

भ्रमण वर्ष सन् २०२० मा बाह्य पर्यटक मात्र एक लाखभन्दा बढी खोटाङ भित्र्याउने लक्ष्य राखिएको महासङ्घका प्रदेश नं १ अध्यक्ष एवं समन्वय समिति खोटाङ प्रमुख बबि चाम्लिङले जानकारी दिए ।

“खोटाङ धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्ण जिल्ला हो”, उनले भने, “जिल्ला समन्वय समिति महासङ्घले समेत प्रमुख पर्यटकीय क्षेत्रको रुपमा खोटाङलाई लिएकाले थप आन्तरिक तथा बाह्य पर्यटक आउनेमा आशावादी छौँ ।

भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजनासमेत गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा १० दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐसेलुखर्क गाउँपालिकामा ‘बहानेपाखरी महोत्सव’लगायतका कार्यक्रम तय गरिएको छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १३:४९ मा प्रकाशित

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम । गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी

कटारी । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि...

मोरङ ३ मा श्रम संस्कृति अगाडि

मोरङ ३ मा श्रम संस्कृति अगाडि

बेलबारी ९मोरङ० । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार...