१३ पुस, काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिना अवधिमा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ। तीमध्ये २ सय ६ जना महिला छन्। तस्करले पुरुषभन्दा महिलालाई बढी निसानामा पार्ने गरेको यो तथ्यांकले देखाउँछ ।
गिरोहले वैदेशिक रोजगारीका नाममा उनीहरूलाई विदेश र्पुयाएर इच्छाविपरीत कार्य गर्न बाध्य पारेका थिए। ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार मानव तस्करीको अवस्था भयावह छ ।
पीडितले उजुरी नगर्दा अनुसन्धानमा कठिनाइ भोग्नुपरिरहेको प्रवक्ता थपलिया बताउँछन्। पीडित महिलाले आफूलाई लैजाने व्यक्तिको नाम बताए पनि माथिल्लो तहको गिरोहबारे जानकार नभएको ब्युरोमा बताएका छन् । आइतबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ पुस १३ आइतवार ०८:१० मा प्रकाशित






























