back
CTIZAN AD

बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल  प्रकाशन, कक्षा ११ आंशिक परीक्षामा ३९.६३ प्रतिशत उत्तीर्ण

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.1K 

shares

२१ मङ्सिर,भक्तपुर  । काठमाडौँ, २१ मङ्सिर । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।  गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । परीक्षामा एक लाख सात हजार ९९५ विद्यार्थी सहभागी भएकामा ४२ हजार ७९९ उत्तीर्ण भएका छन् ।

विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गरिए पनि यस पटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो–“एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा एक वा दुई विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न अर्को एक वर्ष पर्खनुपर्ने भएकाले आंशिकको नतिजा छिटो सार्वजनिक गरेका हौँ ।”

कक्षा १२ उत्तीर्ण भइसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले अब स्नातक तह अध्ययन गर्न पाउने छन् । कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल भने आगामी पुस १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १२:३७ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...