१३ पुस, काठमाडौँ । प्रहरीलाई घुस दिन खोज्दा पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुन पक्राउ परेकी छन् ।
बाराको कार्यालय भवन अगाडी चेकजाँचका क्रममा वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात सो सामानहरू छुटाइदिनका साथै आगामी दिनमा सहजीकरण गरिदिने भनी बीरगन्ज छपकैयाकी खातुनले बाराका एक प्रहरी कर्मचारीलाई २८ हजार घुस दिन खोज्दा तत्काल पक्राउ परेकी हुन् ।
उक्त रकम सहित पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ पुस १३ आइतवार १६:२६ मा प्रकाशित






























