back

आजको शेयर बजार पाँच अङ्कले घट्यो, कसले कति गुमाए त ?

वि.सं.२०७६ पुस १३ आइतवार

177 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१३ पुस, काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ ।

कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ ।

यस्तै बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार ९५८ बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर रु तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक रु दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड रु एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट रु एक करोड ३८ लाख एक हजार ११३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए । यस्तै प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.४९ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ पुस १३ आइतवार १६:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

देवतालाई आराम दिन भन्दै एक महिनाका लागि गाउँ छाडे यहाँका स्थानीयले

देवतालाई आराम दिन भन्दै एक महिनाका लागि गाउँ छाडे यहाँका स्थानीयले

सुवास दर्नाल, सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने...

पालिकाद्वारा घाँसखेती गर्ने किसानलाई अनुदान

पालिकाद्वारा घाँसखेती गर्ने किसानलाई अनुदान

तनहुँ । जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती...

सुनको मूल्यले कायम गर्याे नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले कायम गर्याे नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।...

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौं स्थित...

आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

  काठमाडौँ । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री-वितरण सुरु गरेको ६...