back
CTIZAN AD

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

वि.सं.२०८३ वैशाख २१ सोमवार

441 

shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार सुष्मा महरा श्रेष्ठले सरकारलाई पहिला सुन्ने अनि थुन्ने नीति अपनाउन आग्रह गरेकी छन् । पछिल्लो समय उद्योगी तथा व्यवसायीमाथि बढ्दो धरपकडको अवस्थाबिच जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार महराले यस्तो धारणा सार्वजनिक गरेकी हुन ।

आगामी वैशाख २१ गतेदेखि सुरु हुने महासङ्घको निर्वाचनलाई लक्षित गर्दै उनले व्यवसायीहरूले भोगिरहेका समस्याहरू केवल सुन्ने मात्र नभई व्यवहारिक समाधान दिन सक्ने नेतृत्वको खाँचो रहेको बताएकी छन् । जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदकी उम्मेदवार श्रेष्ठले अहिलेको आर्थिक अवस्थालाई पूर्ण सङ्कट भन्दा बढी संक्रमणकालको रूपमा व्याख्या गर्दै नीतिगत सुधार र स्थिरताको आवश्यकता औँल्याएकी छन् ।

“अहिलेको अवस्थामा सही नीति, स्थिरता र उद्योगमैत्री वातावरण निर्माण गर्न सके अर्थतन्त्रलाई सम्हाल्न सकिन्छ,” उनले भनेकी छन् । दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय श्रेष्ठले आफ्नो अनुभवलाई आधार बनाउँदै साना तथा मझौला व्यवसायीहरूको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएको बताइन् । विशेष गरी महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने अभियानमा आफू निरन्तर लागिरहेको उनको भनाइ छ । काठमाडौँ उद्योग वाणिज्य सङ्घमा काम गर्दाको अनुभवले कर प्रणाली, ब्याजदर र नीतिगत जटिलताका कारण व्यवसायीहरूले भोग्नुपरेका समस्या नजिकबाट बुझ्ने अवसर दिएको उनले बताइन । सोही अनुभवका आधारमा उनले साना तथा मझौला उद्यमीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

वि.सं.२०८३ वैशाख २१ सोमवार १५:४३ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...