back
CTIZAN AD

आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान

वि.सं.२०७६ पुस १६ बुधवार

696 

shares

१६ पुस, काठमाडौँ । घनाबस्ती रहेको राजधानीको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३०० घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्तरुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् ।

रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्तर्गत रु पाँच लाख सहयोग गरेको महानगरपालिका २५ नं वडाका अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए । पाइप लाइन बिच्छ्याउन वडाले रु दुई लाख, टोलका अन्य संस्था एवं उपभोक्ताबाट रु एक लाख ४० हजार ६०० गरी कूल रु नौ लाख ४० हजार ६०० को लागतमा काम सम्पन्न भएको हो ।
यस योजनाले ३०० परिवारलाई आगलागीबाट सुरक्षित गर्नेछ । वडा क्षेत्रका गल्लीमा धेरै कपडाका पसल रहेकाले एक ठाउँमा आगलागी भए गल्लीमा असरल्ल छोडिएको तारका माध्यमबाट सहजै धेरैतिर फैलने गरेको छ ।

गल्लीमा अस्तव्यस्त रहेको तारले पनि आगलागीलाई थप फैलाउने गरेको केल मासंगल्ली उपभोक्ता समितिका अध्यक्ष पुष्परत्न महर्जनले बताए । पाइपलाइन जडानसँगै अव्यवस्थित तारलाई पनि व्यवस्थित गरिने उनले सुनाए ।

साना गल्ली भएकाले यहाँ दमकल छिर्न सक्दैन । दमकल छिर्न नसक्ने भएकैले विपद् व्यवस्थापनमा काम गरेको रेडक्रससँग सहकार्य गरी पाइप लाइन जडान गरिएको वडाध्यक्ष शाक्यले सुनाए । यसको प्रारम्भिक परीक्षण पुस २६ गते गरिने जनाइएको छ ।

वि.सं.२०७६ पुस १६ बुधवार १३:१२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...