back
CTIZAN AD

‘यी कुरामा ध्यान दिए २० लाख पर्यटक ल्याउन कुनै गाह्रो छैन’

वि.सं.२०७६ पुस १६ बुधवार

798 

shares

नजिकिदै गरेको नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने एक कडीको रुपमा संस्कृति तथा पर्यटनमन्त्रीको रुपमा योगेश भट्टराई नियुक्त हुने बित्तिकै देश या परदेश सबैतिरका नेपालीहरुलाई आफ्नो सामाजिक संजालको प्रोफाइल फोटोमा नेपाल भ्रमण बर्षको लोगो राखेर प्रचारात्मक सहयोग गर्न अपिल गर्दै अन्य प्रशासकीय तयारीहरु र देश भित्र अनि बाहिर विभिन्न किसिमका राष्ट्रिय तबरबाट या एनआरएन लगायत अन्य संघसंस्थाहरुले पनि विभिन्न किसिमका भ्रमण बर्षसँग सम्बन्धित रहेर कार्यसमितिहरु बनाएका छन् या बनेका छन् ।

राष्ट्रिय भावनाले ओतप्रोत हामि नेपालीहरु धमाधम आफ्नो प्रोफाइल पिक्चर परिबर्तन गर्दै भ्रमण बर्षसँग सम्बन्धित बीभिन्न किसिमका आफु अनुकुलका समिति बनाउने र बिबिध प्रचारात्मक सहयोगमा त्यतिकै व्यस्त भयौ या छौ । यसअर्थमा मन्त्रीज्यूले बफादार फुर्सदिला हामीलाई एकाएक व्यस्त बनाइदिनु भएको कुरा सकारात्मक र स्वागत योग्य नै छ ।

नियुक्त भएर नयाँ जोशमा आउदै गर्दाको अवस्था र आज २०२० जनवरी एक तारिक अर्थात् नेपाल भिजिट नेपाल २०२० को पहिलो दिन भएकोले पर्यटनमन्त्रीज्यू वहाको सरकार र सम्बद्ध सम्पूर्ण निकायहरु यो बर्षभरी आउने पर्यटकहरु र समग्र नेपालको पर्यटकीय सुन्दर भबिस्यको लागि झन्डै ४ महिना अगाडी मैले उठान गरेका र म जस्ता कैयौ राष्ट्रप्रेमीहरुले उठान गरेका निम्न लिखित बुँदा हरुमा कुन हद सम्मको सुधार भएको छ यसमा सम्बन्धित निकायहरु कतिसम्म संबेदनशिल हुनु भएको छ भनेर केहि थपघट गर्दै पुनश्च स्मरण गराउन चाहेको छु ।

१-हरेक देशले पर्यटक भित्राउन भैरहेको भिषा शुल्क सके निःशुल्क नसके साबिक दरबाट थोरै भए पनि घटाउछन् तर हाम्रोमा ठिक त्यसको उल्टो छ । यो पर्यटक बढाउने नीति हो कि सदाकाल तर्शाउने नीति हो ? यस बिषयमा के हुदै छ र के हुनेवाला छ ?

२-अन्तराष्ट्रिय उडानबाट आउने अधिकांश जहाजलाई काठमान्डू एअरपोर्ट अवतरण गर्न धेरैजसो आकाशमै थप १–२ घण्टा फनफनी घुमाउने लाजमर्दो चलनको सुधार आन्तरिक उडानको समस्याको सुधार ।

३–देशको मुहार झल्किने भनेको प्रथम पाइला टेकिने एयरपोर्ट या बोर्डरबाट नै हो त्यसलाई ब्यवस्थित, सुन्दर, सफा नियमसंगत चुस्त कार्य हुने र सौन्दर्यको हिसाबले पनि झकिझकाउ पारौ । प्रथम पाइला टेकिने एयरपोर्ट या बोर्डरबाट नै हो त्यसलाई ब्यबस्थित, सुन्दर, सफा नियमसंगत चुस्त कार्य हुने र सौन्दर्यको हिसाबले पनि झकिझकाउ पारौ । यसको लागि कस्तो किसिमिको सुधार भयो कि भएको छैन ?

४-प्रदूषण, धुलो, हिलो र खाल्डाखुल्डी ठिकठाक पारौ । राजधानी लगायत देशका अन्य प्रमुख शहरहरु अझै धुलाम्मे र फोहोरका थुप्रा छन् कैले सम्म यस्तो ?

५-शान्ति सुरक्षाको यथेस्ट ग्यारेन्टी गरौ । साँझ परेपछि विशेषता महिला केटाकेटी निर्धक्क हिडडुल गर्न सक्ने स्थिति अजै पनि सुधार भएको छैन यसमा कस्तो योजना छ या हुदैछ । यसमा सुरक्षासँगै सडक उज्यालोमय हुनुपर्छ जस्तो लाग्दछ ।

६-टयाक्सी चालकको लुट र अन्य सार्बजानिक सवारी साधनको मनपरीतन्त्रलाइ रोकौ । मिटरमा नहिड्ने आफू अनुकुल गन्तब्य भन्दा अन्यत्र नजाने ट्याक्सीहरु यत्र–तत्र छन यसको सुधारको सम्भावना के कस्तो छ त्यसको बारेमा गहन छलफल तथा ट्याक्सी चालकलाई आफ्नो व्यवसायसँगै राष्ट्रप्रतिको जिम्मेवारी बोध हुने गरी प्रशिक्षित पनि गरौं ।

७-सार्बजानिक सवारीहरु यात्रुमैत्री, पर्यटकमैत्री, अशक्त, असहाय व्यक्तिमैत्री बनाउ । ऐले पनि बिषेशत काठमान्डूमा मनलाग्दी सवारी साधनहरु रोक्ने आफ्नो लाइनको बाटोमा गाडी नकुदाउने यत्र-तत्र छ जसले दैनिक ट्राफिक ब्यबस्थापनलाइ अस्त–व्यस्त बनाइरहेको छ । यसको दिर्घकालिन सुधारको लागि के पहल भै रहेको छ ।

८-अखाद्य बस्तु नबेचौ,नक्कली रेस्क्यु गरेर हिमाली पर्यटक लुट्ने उपचारको धन्दा रोकौ ।

९-बिदेशी अनुहार, सेतोछाला र सुकिलो मान्छे देख्नसाथ मुर्गा आयो भन्ने सोच हटाउ ।

१०-बन्द हड़ताललाइ सदाको लागि बन्द गरौ ।

११-निर्दोषलाइ मार्ने तथा भ्रस्टाचारीलाई जोगाउने सुनियोजित बम, गोलाबारी नपड्काउ । यसले देशवासी मात्र नभएर विश्वमै नराम्रो सन्देश जान्छ ।

१२-पर्यटकिय स्थालहरुमा शुद्ध पिउने पानी, सुबिधा सम्पन्न ट्वाईलेट बाथरूमहरुको प्रबन्ध गरौ । हरेक ठाउँमा रहेका सार्बजनिक सौचालयमा स्वस्थ मानिस पसेर बाहिर निक्लदा बिरामी हुने खालको अवस्था छ । सार्बजनिक सौचालयमा पैसा पनि लिने अनि दुर्गन्धको डङ्गुर बनाउने बानीलाई तत्काल सुधार गरौ । जताततै सुन्दर हराभरा पारौ ।

१३-आबस्यक ठाउँको पहिचान गरि पर्यटक लक्षित निःशुल्क नगर बसहरुको संचालन गरौ ।

१४-हवाइमार्ग र स्थलमार्गको प्रवेशद्वारमा ओर्लिनसाथ नम्र मिजासिलो र सुमधुर ब्यबहार गरौ र त्यसलाई देशब्यापी बनाऊ । इमिग्रेसन बोर्डर लगायतका संबेदनशील ठाउँमा आवस्यक यथेस्ट भाषागत र प्राबिधिक ज्ञान भएका संस्कार युक्त अधिकारीहरुको मात्रै नियुक्ति गरौ ।

१५-एयरपोर्टमै र बोर्डरमा आगन्तुकका सुटकेश फुटाउने खोतलेर सामान झिक्ने घुस माग्ने खालका नैतिकहिन कार्य नगरौ ।

१६-बाटोघाटो पार्क इत्यादी सार्बजानिक स्थलहरु चिटिक्क पारौ र यसकार्यमा हरेक पब्लिकले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गरौ ।

१७-जताततै बिना व्यवधान चल्ने ईन्टरनेटको सुबिधा उपलब्ध गराउँ ।

१८-होटल लज लगायत अन्य आवस्यकिय पुर्बधारुहरुको उत्कृष्ट प्रबन्ध गरौ ।

माथि उल्लेखित कार्यहरुमा सरकारको सम्पूर्ण निकायहरु संबेदनशील भएर लाग्ने हो भने २०२० को २० लाख पर्यटकको लक्ष्य खासै ठूलो कुरो हैन र २०२१ बाट यो संख्या निर्बिबाद रुपमा अनपेक्षित तबरले बृद्धि हुदै जानेमा पनि कुनै दुइ मत छैन शंका मात्रै नेपाल सरकार र यसको सम्बन्धित निकायहरु कुन हदसम्म इमान्दार भएर राष्ट्रिय हितमा काम गर्छन भन्ने मात्रै हो ।

सम्पूर्ण कुराहरुमा क्रमश सुधार गर्दै लाने इमान्दारिता देखाउनुस अनी बल्ल पर्यटक आँउछन र आएकाले सकरात्मक संदेश प्रबाह गर्छन र देशभित्र र बाहिरबाट आ-आफ्नो ठाउबाट पहल गर्ने हरेक नेपालीलाई पनि यसले अझै प्रेरित गर्दै थप जिम्मेवार बनाउँछ ।

अन्त्यमा हामि सर्बसाधारण सम्पूर्ण नेपालीहरु कुनै पार्टीको झोले कार्यकर्ता भन्दा नितान्त नेपाली मन राखेर राष्ट्रिय हितमा एक्यबद्द हुन पनि त्यतिकै जरुरी छ ।

वि.सं.२०७६ पुस १६ बुधवार १३:१६ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...