back
CTIZAN AD

युनिसेफले गर्याे यस्तो अनुमान , नयाँ वर्षको पहिलो दिन १५ सय शिशु जन्मने !

वि.सं.२०७६ पुस १६ बुधवार

696 

shares

१६ पुस, काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ ।
नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर रहेको जनाउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।”

प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशु बढी सङ्ख्याका आधारमा क्रमशः भारत, चीन, नाइजेरिया, पाकिस्तान, इण्डोनेशिया, संयुक्तराज्य अमेरिकालगायत छन् ।

संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरुको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीब एक तिहाइ उनीहरुको जीवनको पहिलो दिनमै मरेको जनाएको छ । ती शिशुमध्ये धेरैजसो समय अगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता सङ्क्रमणलगायत जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् ।

सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल सङ्ख्याको ४७ प्रतिशत थियो । युनिसेफले गर्भावस्था, प्रश्रव र जन्मका क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्यकर्मीमा तत्काल लगानी गर्न अह्वान पनि गरेको छ ।

वि.सं.२०७६ पुस १६ बुधवार १३:३९ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...