१६ पुष, काठमाडौँ । नेपाली काँग्रेसका विद्यार्थी नेताहरु पार्टीलाई एकढिक्का बनाउन अनुरोध गर्न नेताहरुको घरसम्म पुगेका छन् ।
नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वमा पुगेका विद्यार्थीहरुले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी महामन्त्री शशांक कोईरालाको घरसम्म पुगेका छन् ।
उनीहरुले नेपाली कांग्रेस भित्र बढ़ेको असहमतीलाई कम गरी पार्टी भित्र सौहार्दपूर्ण बाताबरण कायम गरी पार्टीलाई एकढिक्का गराउने कुरामा लचक्ता अपनाउन नेताहरुलाई आग्रह गरेका छन् । भेटमा विद्यार्थी नेताहरुले लामो समय संगठनमा काम गरी भूमिका बिहीन रहेका देशभरका युवासाथीहरू लाई भूमिका र ज़िम्मेवारी दिएर परिचालन गर्न कन्स्याइँ नगर्न समेत अनुरोध गरेका छन् ।
देशको संगीन घड़ीमा नेपाली कांग्रेस भित्र बढ़ेको असहमती र अन्तरद्वन्दले नेपाली कांग्रेसका कार्यकर्ता र शुभचिन्तकहरूको चिन्तालाई नेताहरू समक्ष प्रस्तुत गर्न सबै शीर्षतहका नेताहरूलाई भेटेर अनुरोध गरिएको उनले बताए ।
यसरी नेताहरुलाई भेटी आग्ह गर्ने काम भोलि सम्म रहने विद्यार्थी नेता शाहले जानकारी दिएका छन् । यसैक्रममा पूर्ब महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह के सीलाई भेटने कार्यक्रम रहेको पनि उनले जानकारी दिएका छन्
वि.सं.२०७६ पुस १६ बुधवार १३:४३ मा प्रकाशित






























