back
CTIZAN AD

नेपालको राजनीतिक आन्दोलनमा भारतीय प्रभाव

वि.सं.२०७६ पुस १६ बुधवार

1.7K 

shares

राजा महेन्द्रको २०१७ सालको कदमपछि नेपाली कांग्रेसका थुप्रै नेता तथा कार्यकर्ताहरुले भारतमा आश्रय लिएका थिए । भारतीय भूमिबाट कांग्रेसले वर्ष १९६१ को अन्ततिरबाट भारतको सीमासित जोडिएका नेपाली भूभागहरुमा तारन्तार सशस्त्र आक्रमणका घटनाहरु घटाएको थियो । यसै क्रममा जनवरी १९६२ मा जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरिएको थियो । तर विश्व र स्वयं एसियाको पनि तीव्र गतिले बदलिंदो राजनीतिक परिस्थितिका बीचमा नेपाली कांग्रेसलाई भारतीय भूमि प्रयोग गरी नेपाल विरुद्ध छापामार हमलाहरुलाई निरन्तरता दिन सम्भव भएन ।

राजा महेन्द्र राष्ट्रवादी र सच्चा देशभक्त थिए । अन्तर्राष्ट्रिय स्तरमा उनको कद र व्यक्तित्व नेहरुको भन्दा कमजोर थिएन । भारतको इच्छाविपरीत उनको कार्यकालमा विश्वका धेरै मुलुकहरुसँग कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो पार्दै नेपाल संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य बन्न सफल भएकै बेला भारतीय सैन्य मिशन नेपालबाट १८ जुन १९७० मा फिर्ता भएको थियो ।

नेपालमा ०७ साल देखि आजसम्म भएका आन्दोलनहरु मुख्यतः यसप्रकार रहेका छन् :
– २००७ (सन् १९५०–५१) सालमा नेपाली कांग्रेसले लोकतन्त्र स्थापनाका लागि सशस्त्र संघर्षको आरम्भ गरेको थियो ।
– नेपाली कांग्रेसले पुनः २०१७ (सन् १९६१) सालमा प्रजातन्त्रको पुनर्बहालीका लागि हतियार उठाएको थियो ।
– त्यसैगरी २०३१ (सन् १९७५) सालमा पार्टीले तेस्रोपटक लोकतन्त्रको पुनस्र्थापनाका लागि हतियार उठाएको थियो ।
– चौथोपटक २०४६ (सन् १९९०) सालमा नेपाली कांग्रेसले बहुदलीय व्यवस्थाका लागि आन्दोलनको नेतृत्व गरेको थियो ।
– सन् १९९६ देखि माओवादीले जनयुद्धको सूत्रपात गरेको थियो ।
– ०६२–६३ मा जनआन्दोलन र त्यसलगत्तै मधेश र थारु आन्दोलन अगाडि बढेको थियो ।
– ०७३ मा मधेश र जनजाति आन्दोलनको पुनः उठान भएको थियो ।
माथि उल्लेख भएका पृथक–पृथक अवधिका आन्दोलनहरु सामान्यतः एक–अर्कासित असम्बन्धित जस्ता देखिन्छन् । पहिलो सशस्त्र संघर्षको उद्देश्य नेपालमा राणा शासनको समाप्ति थियो । दोस्रोको उद्देश्य राजा महेन्द्रले खारेज गरेको प्रजातन्त्रको पुनर्बहाली थियो । तेस्रो आन्दोलनको उद्देश्य पनि प्रजातन्त्रको पुनर्बहाली नै थियो । र, चौथो आन्दोलन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको नारामा अगाडि बढेको थियो । पाँचौं चरणको माओवादी जनयुद्ध मुलुकमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ आरम्भ भएको थियो । त्यसपछिका आन्दोलनहरु मधेशी–थारु तथा आदिवासी–जनजातिहरुलाई अधिकार दिनुपर्ने मागमा केन्द्रित रहेका थिए ।

उल्लेख्य आन्दोलन भिन्न–भिन्न कालखण्ड र प्रायशः पृथक–पृथक सन्दर्भमा उठेका आन्दोलनहरु भएता पनि ती सबै आन्दोलनका पछाडिको एउटा स्थायी पक्ष छ :  त्यो हो लोकतन्त्रको स्थापना/पुनस्र्थापना अथवा गणतन्त्रको स्थापनाको नाममा नेपाललाई भारतीय प्रभाव भन्दा बाहिर जान नदिनका लागि हुने भारतीय हस्तक्षेप । अन्य मुद्दाहरुका अतिरिक्त, नेपाली जनताले विभिन्न समयमा आफ्ना अधिकार र मागहरुलाई लिएर गर्ने आन्दोलनहरु भारतको नेपाल–रणनीतिका महङ्खवपूर्ण अस्त्र बन्ने गरेका छन् । भारतका तर्फबाट नेपाललाई अस्थिर बनाइराख्नका लागि नेपालका बजारमा उपलब्ध भारतबाट निर्यात हुने वस्तुहरु जस्तै विभिन्न प्रकारका आन्दोलनहरु पनि त्यहाँबाट ‘निर्यात’ हुने गरेका छन् ।

नेपालमाथि प्रयोग हुने दोस्रो अस्त्र पारवहन
भारतले नेपाललाई आनो नियन्त्रणमा लिनका लागि लोकतन्त्र र राजनैतिक परिवर्तनको एजेन्डाका अतिरिक्त व्यापार र पारवहनको विषयलाई अर्को निर्णायक अस्त्रका रुपमा प्रयोग गर्दै आएको छ । भारतले भने अनुसारको राजनीतिक सुधारका लागि नेपाल सहमत नहँुदा वा नेपालले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकका रुपमा आफ्नो समुद्रसम्मको मार्गमा पुग्ने अधिकारको प्रयोग गर्न खोज्दा उसले जहिल्यै व्यापार र पारवहनको अस्त्र प्रयोग गरी नेपाललाई झुकाउन सफल भएको छ । ०२७ सालको संक्षिप्त नाकाबन्दी, ०४६ सालको नाकाबन्दी र ०७२ सालको नाकाबन्दी यसको द¥हो प्रमाण हो ।

यसका अतिरिक्त भारतले नेपालमा अस्थिरता सृजना गर्नका लागि मानव ढालका रुपमा भारतीय नेपालीहरुलाई समेत प्रयोग गर्ने गरेको छ । पूर्वाेत्तर भारतबाट हजारौं नेपालीहरुलाई विदेशी भगाऊ अभियान अन्तर्गत अवैधानिक आप्रवासीको बिल्ला भिराएर सन् सत्तरी र असीको दशकमा नेपाल पठाइनु भारतको त्यसै नीतिको परिणाम हो । बेलाबेलामा भारतले भनेको नेपालले नमान्दा भारतले कथितरुपमा पालेका ६० लाख नेपालीहरुलाई नेपाल पठाइदिने भनेर नेपाललाई विविध माध्यमबाट दिएको धम्कीबाट यो स्पष्ट हुन्छ ।
भारतको नेपाल–नीतिका मुख्यतः यी उद्देश्य रहेका छन् :
१. सुरक्षा २. जलस्रोत ३. बजार ।
उपरोक्त उद्देश्यहरु हासिल गर्नका लागि प्रचार यन्त्रको भरपूर प्रयोग गर्नु र भारत नेपालको सान्टाक्लाज भएको कथा तयार पारिराख्नु भारतको नेपाल– नीतिको अभिन्न अंग हो । अगाडिका अध्यायहरुमा यसलाई विस्तारमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । सर्वप्रथम इतिहासको सन्दर्भ ।
२०१७ साल र त्यसपछिको अवस्था
२०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्था खारेज गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । बीपी कोइरालासहित मन्त्रीमण्डलका सबैजसो सदस्यहरुलाई गिरफ्तार गरिएको थियो । भारतमैत्री सरकारको बर्खास्तीका पछाडि राजा महेन्द्रको स्पष्ट सन्देश थियो कि अब उप्रान्त नेपालको आन्तरिक मामिलाबाट भारत टाढै रहोस् । नेपाली कांग्रेसका महङ्खवपूर्ण नेताहरु र सैकडौं कार्यकर्ताहरुको गिरफ्तारीका बावजूद प्रतिकूल घरेलु र अन्तर्राष्ट्रिय परिस्थितिका कारण भारतले राजाको अलोकतान्त्रिक कदमको धेरै राजनीतिकरण गर्न सकेको थिएन । भारत एकातिर आन्तरिक गृहकलहबाट ग्रस्त थियो भने अर्कोतिर उसको चीनसितसमेत सम्बन्ध तनावपूर्ण बन्दै गएको थियो । सीमा विवाद चर्किदैं गएपछि १९६२ मा दुवै मुलुकबीच युद्ध भएको थियो । त्यस युद्धमा भारतले नराम्रो पराजय बेहोर्नु परेको थियो । यी सबका बावजूद भारत १९६५ मा नेपालको सुरक्षा मामिला आफ्नो हातमा लिन राजा महेन्द्रलाई सहमत गराउन सफल भएको थियो ।
१९६४ मा जवाहरलाल नेहरुको निधन भएपछि नेपालप्रतिको भारतीय आक्रामकता कमजोर बनेको थियो । १९६५ मा भारत र पाकिस्तानबीच युद्ध भएपछि भारतको अवस्था झनै संकटपूर्ण बन्न पुगेको थियो । दक्षिण एसियाका दुवै महत्वपूर्ण मुलुकहरु पाकिस्तान र नेपालसित एकैपटक शत्रुता मोल्नु भारतका लागि लाभदायक थिएन । यो अवस्थामा भारत र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध कायम हुन गएको थियो । राजा महेन्द्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय रंगमञ्चमा निर्माण भएको ओजिलो छवि र उनको कूटनीतिक कौशलले यसमा महत्वपूर्ण भूमिका खेलेको थियो । राजा महेन्द्रको २०१७ सालको कदमपछि नेपाली कांग्रेसका थुप्रै नेता तथा कार्यकर्ताहरुले भारतमा आश्रय लिएका थिए । भारतीय भूमिबाट कांग्रेसले वर्ष १९६१ को अन्ततिरबाट भारतको सीमासित जोडिएका नेपाली भूभागहरुमा तारन्तार सशस्त्र आक्रमणका घटनाहरु घटाएको थियो । यसै क्रममा जनवरी १९६२ मा जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरिएको थियो । तर विश्व र स्वयं एसियाको पनि तीव्र गतिले बदलिंदो राजनीतिक परिस्थितिका बीचमा नेपाली कांग्रेसलाई भारतीय भूमि प्रयोग गरी नेपाल विरुद्ध छापामार हमलाहरुलाई निरन्तरता दिन सम्भव भएन ।

चीनको भारतलाई चेतावनी
५ अक्टोबर १९६२ मा चिनिया उपप्रधानमन्त्री तथा विदेश मन्त्रीे चेन यिले नेपाल र चीनबीच सम्पन्न सीमा–सम्झौताको प्रथम वर्षगाँठको अवसरमा पेकिङमा आयोजित भोजमा विदेशी सेनाले नेपालमाथि हमला गर्ने मूर्खता गरेमा चीनले नेपालको पक्ष लिनेछ भन्ने वक्तव्य दिएका थिए ।

त्यसै वर्ष २० अक्टोबरदेखि चीन र भारतबीच युद्ध छेडिएको थियो । चिनिया विदेशमन्त्रीको उक्त वक्तव्य भारतले नेपाली कांग्रेसमार्फत् लोकतन्त्रका नाममा नेपाल विरुद्ध छेडेको छद्म युद्धसमेतलाई ध्यानमा राखेर भारतलाई दिइएको चेतावनी थियो । भारतले लोकतन्त्रको नाममा यसपटक पनि सन् १९५० तिर जस्तै नेपालमा अस्थिरता सृष्टि गर्ने र नेपाललाई आफ्नो नियन्त्रणमा लिने उद्देश्यका साथ नेपाली कांग्रेसमार्फत् आफ्ना गतिविधिहरु अगाडि बढाएको थियो । त्यस अतिरिक्त भारतले यस अवधिमा नेपालमाथि नियन्त्रित आर्थिक नाकाबन्दीसमेत लगाएको थियो । आर्थिक नाकाबन्दीको यो अस्त्र भारतले नेपाललाई झुकाउन पहिलो चोटि प्रयोगमा ल्याएको थियो । तर भारत र चीनबीच युद्ध सुरु भएपछि (२० अक्टोबर १९६२–२१ नोभेम्बर १९६२) भारतले नेपाल विरुद्धको नाकाबन्दीे हटाएको थियो । यसका साथै सम्भवतः भारत सरकारको निर्देशनमा नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरले १९६२ को अन्तमा सैन्य गतिविधिहरु पूर्णरुपमा बन्द गरेका थिए । मन्त्रीमण्डल विघटन गर्ने महेन्द्रको कदमलाई नेहरुले खेदजनक बताएका थिए । साथै उनको यो पनि कथन थियो कि नेपालका घटनाहरुमाथि आलोचना गर्ने काम मेरो होइन ।

उनी चीन र अमेरिकाको द¥हो समर्थन जुटाउन सफल भएका राजा महेन्द्रलाई थप चिढाउने पक्षमा थिएनन् । नेहरुको उपरोक्त कथन सन्तुलित देखिएता पनि भारतीय सञ्चारमाध्यम र विभिन्न दलका भारतीय नेताहरु नेपाल विरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका थिए । मुख्य नेतृत्व लचिलो हुने र अन्य पक्षहरुलाई कठोर रुपमा प्रस्तुत गराउने भारतीय कूटनीतिको यो आफ्नै विशेषता थियो ।
राजा महेन्द्र राष्ट्रवादी र सच्चा देशभक्त थिए । अन्तर्राष्ट्रिय स्तरमा उनको कद र व्यक्तित्व नेहरुको भन्दा कमजोर थिएन । भारतको इच्छाविपरीत उनको कार्यकालमा विश्वका धेरै मुलुकहरुसँग कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो पार्दै नेपाल संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य बन्न सफल भएकै बेला भारतीय सैन्य मिशन नेपालबाट १८ जुन १९७० मा फिर्ता भएको थियो ।

यो त्यस्तो कालखण्ड थियो जतिबेला नेपालले आफूलाई भारतीय प्रभावबाट मुक्त गर्दै चीन र भारतबीच समदूरीका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सफलता हासिल गरेको थियो । नेहरुको नेपाल–नीति ब्रिटिश भारतको भन्दा पनि अझै उग्र रहेको पृष्ठभूमिमा महेन्द्रले हासिल गरेको यो ठुलो उपलब्धि थियो । १९६१–६२ तिर नेपाली कांग्रेसलाई सीमावर्ती क्षेत्रमा सशस्त्र आक्रमणहरु गर्नका लागि मौन समर्थन दिए जस्तै १९६९–७१ को अवधिमा पनि भारतको नेपालप्रतिको रवैया कठोर रहेको थियो । यस अवधिमा भारतमा शरण लिएका बीपी कोइराला पञ्चायत शासन विरुद्ध पुनः सक्रिय बनेका थिए । दुवै मुलुकबीच राजनैतिक तथा आर्थिक समस्याहरु देखा परेका थिए ।

(प्रस्तुत विचार पन्तको ‘नेपाल भारत र छिमेक” पुस्तकबाट क्रमश : प्रस्तुत गरिएको छ । )

वि.सं.२०७६ पुस १६ बुधवार १४:३५ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...