back
CTIZAN AD

राष्ट्रियसभा बैठक : कर्मचारी अभावले पूँजीगत खर्च न्यून

वि.सं.२०७६ पुस १६ बुधवार

930 

shares

१६ पुस, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको बताए । “कर्मचारीको अभावमा अहिलेसम्म कर्णाली प्रदेशको कुल एक प्रतिशतमात्र विकास बजेट खर्च भएको छ”, उनले भने, “त्यस्तै सङ्घीय सरकारतर्फ पनि जम्मा २।५ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ ।”

कर्मचारीको अभावमा ग्रामीण क्षेत्रका विकास निर्माण ठप्प भएको र तत्काल कर्मचारी पठाउन सरकारलाई आग्रह गरे । “बजेट छ, तर कार्यान्वयन गर्ने कर्मचारी छैनन्, कसरी समृद्धिको नारा पूरा हुन्छ रु”, सांसद श्रेष्ठले भने, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट निर्देशन देओस्, कर्मचारी पठाउने कुरा कहाँबाट रोकिएको हो, कर्मचारी व्यवस्थापन छिटो होस् ।”

नेकपाका युटोल तामाङ सीमान्तकृत समुदायको राज्यका निकायमा प्रतिनिधित्वका लागि गरिएको आरक्षणको व्यवस्था संविधानमै लेखिएको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन नसकेको र वर्तमान सरकारले पनि समावेशितालाई स्वीकार गर्न कञ्जुस्याइँ गरेको बताए ।

नेकपाका नन्दा चपाईंले राजधानीको यातायात चाप व्यवस्थापन गर्नेतर्फ सरकारले बेलैमा सोच्नुपर्ने बताए । आफू ट्याक्सी चढ्दा ठगिएको गुनासो गर्दै उहाँले ट्याक्सी चालकको ठगीका कारण जनता मारमा परेको बताए । “ट्याक्सी चालकको ठगी नियन्त्रण गर्न कडा कानूनको आवश्यकता छ”, उनले भने, “कानून मचेर सवारी साधन चलाउनेलाई तत्काल कारबाही गरियोस् ।”

नेपाली काँग्रेसका प्रकाश पन्थले सरकारको अकमण्र्यताले यो व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेको भन्दै तत्काल जनताको गुनासो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । संसदीय समितिले सरकारलाई दिएको निर्देशन पालना नहुनु दुःखद् भएको उनको भनाइ थियो ।

बैठकको शून्य समयमा नेकपाका उदया शर्मा पौडेल स्थानीय तहको लेखा प्रणालीलाई व्यवस्थित बनाउन तयार गरिएको अनलाइन प्रणाली ह्याकरको कब्जामा परेको तथा नक्कली एटिएम बनाई करोडौँ रुपैयाँ चोरी भएको अवस्थामा यससम्बन्धी प्रविधिलाई भरपर्दो र विश्वासिलो बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपाका कोमल वलीले साहसिक, कृषि तथा सांस्कृतिक पर्यटनका साथै पाहुनाको स्वागत गर्ने नेपाली संस्कारलाई अर्थतन्त्रसँग जोडेर नै आर्थिक समृद्धिमा फड्को मार्नुपर्ने बताए । नेपाली काँग्रेसका तारादेवी भट्टले प्रविधिको विकाससँगै अपराधले विभिन्नस्वरुप ग्रहण गरेको भन्दै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले किसानको समस्या समाधान गर्न सरकारले कुनै विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराए ।

वि.सं.२०७६ पुस १६ बुधवार १६:३५ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...