back
CTIZAN AD

आजको सेयर कारोबार, भिजिट नेपाल २०२० को सुरुवातसंगै होटल क्षेत्र चम्कियो

वि.सं.२०७६ पुस १६ बुधवार

1.7K 

shares

१६ पुष काठमाडौं । आजको सेयर कारोवार (नेप्से) मा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसुचक ०.३ प्रतिशत अर्थत ३.४७ अंकले उकालो लाग्दै समग्रमा ११६९.५० बिन्दुमा कायम हुँदा होटल क्षेत्र भने चम्किएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेपाल भ्रमणवर्ष २०२० को सुरुवात भएकै दिन होटल समुहको कारोबार चम्केको हो । आजको कारोबारमा मुल्यका आधारमा ओरियन्ट होटल लिमिटेडले सबैभन्दा धेरै २.९५ करोड बराबरको कारोबार गरेको छ । सेयर कारोबार बन्द हुँदा उसको कारोबार मुल्य ४९९प्रति कित्ता रहेको थियो ।


त्यस्तै सेयर संख्याको आधारमा सोल्टी होटल समुहले सबै भन्दा बढी ९७,६६५ कित्ता सेयर कारोबार गरेको छ । बजार बन्द हुँदा सोल्टि समुहको प्रति कित्ता सेयर मुल्य २०४ रुपैयाँ रहेको थियो ।
आजको कारोबारमा सुचिकृत १७६ कम्पनीका ३७.२९ करोड बराबरको १,१७५,३१३ कित्ता सेयर कारोबार भएको छ ।

आजको कारोबारमा फाईनान्स कम्पनी, निर्जिवन विमा, जिबन विमा र अन्य समुह बाहेक सबै समुहमा अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी होटल समुहले कमाएका छन । जसमा तारागाउँ रेजेन्सि होटलले २७ अंक अर्थत ९.९६ प्रतिशतले कमाएको छ भने उसलाई पछ्याउँदै अरियन्ट होटल लिमिटेडले ४५ अंक अर्थत ९.९१ प्रतिशतले कमाई गर्दा सोल्टी होटलले १८ अंक अंक अर्थत ९.६१ प्रतिशतले कमाई गरेको छ । तिनीहरुको सेयर मुल्य क्रमश २९८, ४९९ र २०४ रहेको थियो ।

 

आज सबै भन्दाबढी गुमाउनेमा गुडविल फाईनान्स रहेको छ । उसले आजको करोबारबाट ५.७९ प्रतिशत अर्थत ८ अंकले गुमाएको छ । कारोबार बन्द हुँदा उसको १३० रुपैयाँ प्रति कित्ता सेयर मुल्य रहेको थियो ।

वि.सं.२०७६ पुस १६ बुधवार १७:०० मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...