१६ पुष, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत क्रिस लिनको टिम ब्रिसवेन हिट १०९ रनमै अलआउट भएको छ । ब्रिसवेन हिट र पर्थ ईस्कर्चस बिच भएको खेलमा ब्रिसवेनले पहिले टस हारेर बलिङ्ग गरेको थियो । पहिले ब्याटिङ्ग गरेको पर्थ ईस्कचर्सले २० ओभरमा ६ विकेट गुमाएर १४९ रन बनाएको थियो । पर्थका लागि सर्वाधिक रन क्यामेरोन बेनक्राफ्ट बनाएका थिए । उनी ४२ बल खेल्दैँ ५० रन बनाएर आउट भएका थिए ।
१५० रनको लक्ष्य पछाएको ब्रिसवेन हिट १८.४ ओभरमा १०९ रन बनाएर अलआउट हुन पुगेको छ । ब्रिसवेन हिटका कुनै पनि ब्याटस्म्यानले २० रन भन्दा बढि रन बनाउन सकेन्न । ब्रिसवेन हिटका लागि सर्वाधिक १९ रन जाहिर खानले बनाए । ब्रिसवेन हिट १०९ रनमै अलआउट भएसँगै पर्थ ईस्कर्चसले ४० रनले जित निकालेको छ ।
वि.सं.२०७६ पुस १६ बुधवार १७:०६ मा प्रकाशित






























