back
CTIZAN AD

राजतन्त्र राष्ट्रियताको एउटा रक्षक हो भन्ने वीपीको बुझाई थियो

वि.सं.२०७६ पुस १६ बुधवार

756 

shares

२०३९ साल साउन ६ गते नेपाली साहित्यका एक चम्किला नक्षत्र, नेपाली काँग्रेसका नेता तथा नेपालका पहिलो जन निर्बाचित प्रधान मन्त्री बिपि कोइरालाको ६८ बर्षको उमेरमा निधन भयो । त्यतिबेला म ११ बर्षको थिएँ र उनको निवास मित्रपार्क बाट करिब आधा किलोमिटरको दुरीमा अवस्थित वेद विद्याश्रममा सँस्कृत पढिरहेको थिएँ ।

एक जना गुरुले हामीलाई ‘नेपालका एक जना ठूलो युगपुरुषको आज निधन भयो, तिमीहरु अहिले सानै छौ ठूलो भए पछि बुझ्ने छौ’ भन्नु भयो । त्यस पछि हामी ५,७ जना साथीहरु मित्रपार्क स्थित उनको निवास नजिक गयौँ । मानिसहरुको ठूलो भीड थियो, कोही रोइ रहेका थिए, गाडीमा मानिसहरुको ओहोर दोहोर भैरहेको थियो । वर पर प्रहरीहरु थिए । युवा तथा विद्यार्थीहरुको पनि धेरै उपस्थिति थियो ।
हामी केही बुझ्दैन थेम् मात्र हेरिरहेका थियौँ।

फूलमाला चढाउने कुरालाई श्रद्धान्जली भन्दो रहेछ भन्ने कुरा पनि त्यही बेला थाहा पाएँ । पछि यौटा ट्रकमा लाश राखेर सहर परिक्रमा गरियो । हामी पनि हेर्दै पछि लाग्यौँ । खै कता कता घुमाए, रानी पोखरी, तीनधारा पाठशाला, घन्टाघर गौशाला अनि बागमती चाहिँ याद छ ।

‘क्यामेरा मेनलाई बाटो छाड’ भीडबाट कोही करायो । यो क्यामारा म्यान भनेको केरहेछ भनेर हेरेको घाँटीमा क्यामेराको माला लाएर झिलिक्क झिलिक्क पार्दै हिड्ने मान्छे पो रहेछ । ए ! फोटो खिच्ने मान्छेलाई क्यामेरा म्यान भन्दो रहेछ भनेर थाहा पाएँ ।

एक छिन पछि विभिन्न मानिसहरुले भाषण गरे । बीर बिपी अम्मर रहुन् भनेर शवयात्रामा नै मानिसहरुले भनेका रहेछन् । पछि राजनीतिमा अलि अलि चासो लिन थाले पछि कोही बिपि ठीक भन्थे कोही पुश्पलाल ठीक भन्थे । बुझ्दै जाँदा दुबै यो देशमा लोकतन्त्र ल्याउनका लागि पार्टी स्थापना गर्ने नेता रहेछन् । बिपीको सुम्निमा उपन्यास, श्वेतभैरबी कथा पढ्दा बिपि अर्कै खाले लाग्यो, दोषी चश्मा, तीनघुम्ती,हिटलर र यहुदी पढ्दा अर्कै खाले लाग्यो, जेल जर्नल आत्म वृत्तान्त पढ्दा अर्कै अनुभूति भयो ।

अब कुरो मेलमिलापको गर्दा यसमा विभिन्न तर्कहरु पाइन्छ । सिक्किम भारतमा बिलय, इन्दिरा गान्धीको इमर्जेन्सी घोषणा पछि भारत निर्वासनमा रहेका बिपि इन्दिरा गान्धीको स्वतन्त्रता हनन् विरुद्धको नेतृत्व गरिरहेका भारतका समाजवादी अभियन्ता जयप्रकाश नारायणको मोर्चामा सामेल भए। यो कुरा इन्दिरा गान्धीलाई सैह्य हुने कुरै भएन त्यपछि बिपिलाई ‘कि नेपाल फर्क कि जेल जाऊ’ भनेर इन्दिराको दबाब आयो, जयप्रकाशले पनि बिपिलाई नेपाल फर्कन सल्लाह दिए। त्यसपछि बिपिले नेपालको सार्वभौमिकता र राष्ट्रियता खतरामा परेकोले राजा र काँग्रेस मिल्नुको विकल्प नरहेको भन्ने सन्देशका शाथ राजा र काँग्रेसको घाँटी जोडिएको छ सबै मिली देश बचाऔँ भन्दै २०३३ साल पुष १६ गते नेपाल फर्किएका थिए ।

बिपिले काग्रेस र राजाको सहकार्यमा सम्बैधानिक राजतन्त्र खोजेका थिए । गणतन्त्र होइन राजतन्त्र राष्ट्रियताको एउटा रक्षक हो भन्ने उनको बुझाई थियो । त्यसैले गणतन्त्रवादी कम्युनिस्टसँग सहकार्य गर्न उनी राजी थिएनन् ।सन् १९७८ मा इन्दिराको हार पछि जनता पार्टी सरकारमा आयो त्यसका सभापति चन्द्र शेखरले भारतीय सम्सदमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतले सहयोग गर्नु पर्ने आवाज उठाए । राजाले त्यसको विरोध गरे । पञ्चायत विरोधी शक्तिलाई अराष्ट्रिय तत्व भनेर दमन गराए । बिपीको मृत्युको ७ बर्ष पछि चन्द्रशेखरको उपस्थितिमा चाक्सीबारीमा भएको भेलामा काँग्रेस र कम्युनिस्ट मिलेर सम्युक्त जन आन्दोलन गर्ने निर्णय भयो र बहुदल आयो ।

आज परेको मेलमिलाप दिबसले पार्टी भित्रै चिरा चिरामा बिभाजित काँग्रेस र कम्युनिस्टको मेलमिलाप होस ! शुभकामना !!

वि.सं.२०७६ पुस १६ बुधवार १७:३१ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...