back
CTIZAN AD

पोर्चुगलमा अस्थायी सुविधा अनुमतिपत्र लिएपछि के-के सुविधा पाइन्छ त ?

वि.सं.२०७६ पुस १८ शुक्रवार

1.2K 

shares

१८ पुष, काठमाण्डौं । पोर्चुगलमा रहेका नेपालीहरुले पोर्चुगलको अस्थायी बसोबास अनुमति पत्र टि आर प्राप्त गरेपछि विभिन्न अधिकार तथा व्यक्तिले गर्नुपर्ने कर्तव्य बोधका बारेमा पोर्चुगलमै रहेका नविन तिम्सिनाले यस्तो जानकारी दिएका छन् ।

तिम्सिनाका अनुसार त्यहाँको टिआर TR प्राप्त गरेका नेपालीहरुका लागि निम्न सुविधाहरु रहेका छन् ।

यस्तो छ कार्ड लिएपछि पाइने सुविधाका तथा बोध गर्नुपर्ने कर्तव्यका बारेमा नविनले दिएको जानकारी

-अस्थाइ बसोबास अनुमती पत्र यानेकी कार्ड पाउनु भनेको तपाईंले सेवा सुबिधा पनि पाउनु हो भनेर मैले पहिला पनि लेखेको थिए । के कस्ता अधिकारहरु प्राप्त गर्न सकिन्छ भन्ने प्रश्नको सामान्य उत्तर सामान्य भाषामा मैले उल्लेख गरेको छु ।

-परिवारिक मिलन : यस्को मतलब तपाईंले आफ्नो श्रीमान वा श्रीमती र तपाईंका १८ बर्ष मुनिका बालबच्चा ल्याउन पाउनु हुन्छ र तपाईंसँग आश्रित बाबा आमा वा भाई बहिनी पनि उचित कागजी प्रकृया पुरा गर्न सक्नु भयो भने ल्याउन सक्नु हुन्छ ।

-पढाई तथा अध्ययन सुबिधा ।

-ब्यापार तथा ब्यबसाय लगायत काम गर्न पाउने अधिकार ।

-स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार ।

-कानुनी अधिकारमा पहुँच ।

-सामाजिक सुरक्षा, संघ संघस्थाहरुमा सहभागीता तथा यहाँको सरकारले प्रदान गर्ने हरेक सेवा सुबिधामा समान अधिकार प्राप्त गर्न सक्नु हुनेछ ।

-यि उल्लेखित केही अधिकारहरु भए जुन तपाईंले अस्थाइ अनुमती बसोबास पत्रले नै प्राप्त गर्न सक्नु हुन्छ ।

अब तपाईंले बोध गर्नुपर्ने कर्तब्यहरुको पनि सामान्य जानकारी 

-सरकारले जारी गरेका निति नियमहरुको पालना गर्नुपर्ने ।

-आफ्नो ब्यक्तिगत विवरणमा भएका परिवर्तनहरु ६० दिन भित्रमा सेफसँग अपडेट गराउने ।-छ महिना भन्दा बढी लगातर पोर्चुगल बाहिर बस्नु परेमा सेफलाई जानकारी गराउनु पर्ने र अनुमती लिनुपर्ने ।

-अस्थाइ बसोबास अनुमती पत्र नविकरण (रिन्यु) गर्द सकेसम्मा कम्तीमा पनि एक महिना पहिला नविकरणको लागि जाने गरेर समय तालिका मिलाउने ।

-सार्वजनिक सूचनाहरु, सुरक्षा र स्वास्थ्य नियमको उचित सम्मान गर्नुपर्ने ।

-सेन्जेन सूचना प्रबिधी SIS मा खराब रेकर्ड हुन नहुने ।

-सुरक्षा र स्वास्थ्य नियमको उचित सम्मान गर्नुपर्ने ।

वि.सं.२०७६ पुस १८ शुक्रवार ११:४५ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...