back
CTIZAN AD

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

444 

shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा आज आयोजित राष्ट्रिय मनसुन फोरम कार्यक्रममा उनले जल तथा मौसमसम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीउधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी कार्ययोजना प्रभावकारी बनाउन मौसम पूर्वानुमानको भूमिका महत्त्वपूर्ण हुने उनकोे भनाइ छ । कृषि क्षेत्रमा मौसम पूर्वानुमानले बाली व्यवस्थापन, सिँचाइ तथा उत्पादन योजनामा सहयोग पुर्याउने बताउँदै मन्त्री श्रेष्ठले जलासय व्यवस्थापन, जलविद्युत् उत्पादन, यातायात, स्वास्थ्य तथा पूर्वाधार व्यवस्थापनमा पनि यसको उपयोगिता बढ्दो रहेको धारणा राखे ।

जलवायु परिवर्तनका कारण मौसम प्रणाली थप अनिश्चित र जटिल बन्दै गएको उल्लेख गर्दै उनले मौसम सेवाको गुणस्तर सुधार गर्न वैज्ञानिक केन्द्रहरूको विस्तार, अनुसन्धान प्रवद्र्धन तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए । एआई, मेसिन लर्निङ र आधुनिक ‘अल्गोरिदम’ प्रयोगमार्फत मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउनेतर्फ मन्त्रालय गम्भीर रहेको उनकोे भनाइ थियो ।

मन्त्री श्रेष्ठले मौसम तथा विपद् पूर्वानुमान प्रणालीले सानो सतर्कताबाट पनि ठूलो जनधनको क्षति रोक्न सक्ने उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्राविधिक तथा विभागीय टोलीको प्रशंसा गरे ।

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:२१ मा प्रकाशित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...