back
CTIZAN AD

मनाइयो विश्व रेडक्रस दिवस

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

378 

shares

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व रेडक्रस दिवस मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मा र महामन्त्री मीनवहादुर मल्ल, सदस्य, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठ र रेडक्रसको अन्तरराष्ट्रिय महासङ्घ नेपाल प्रमुख डेभिड फिसरले संयुक्त रूपमा झण्डोत्तोलन गरे ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्माले नेपाल रेडक्रस सोसाइटीमा ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको र युवाहरूलाई थप जिम्मेवारीसहित नेतृत्वमा ल्याउन पहल गरिरहेको बताए । महामन्त्री मीनवहादुर मल्लले मानवीय सेवाका गतिविधिहरूलाई प्रभावकारी बनाउन रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूको आचारण र व्यवहारमा मानवता र ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी नेपालका प्रमुख डेभिड फिसरले विश्वमा रेडक्रस अभियान मानवीय सेवाका क्षेत्रमा एकबद्ध रहेको उल्लेख गरे । थुप्रै चुनौतीहरूका बिचमा पनि नेपाल रेडक्रस सोसाइटीले भूकम्प, बाढीपहिरो तथा सुख्खा समयमा मानवीय सेवाका क्षेत्रमा गरेका कार्यहरू प्रशंसनीय रहेको उनकोे भनाइ थियो । दिवसका अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । जसमा १७ जनाले रक्तदान गरेका थिए ।

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १६:२९ मा प्रकाशित

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...