back
CTIZAN AD

१८ महिनामा बाँडियो २५ करोड , कसले कति लिए त ? यस्ता छन् अन्य पत्रपत्रिकाको समाचार

वि.सं.२०७६ पुस २१ सोमवार

762 

shares

२१ पुस, सोमबार काठमाडौँ । आज २०७६ साल पुस २१ गते सोमबार । काठमाडौँबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले भिन्न भिन्न विषयका समाचारलाई प्राथमिकतामा छापेका छन् ।

नयाँ पत्रिका दैनिकमा मुख्य पृष्ठमा १८ महिना बाँडियो २५ करोड आर्थिक सहायता शीर्षकमा समाचार छापिएको छ । कानुनविपरीत ठाडो प्रस्तावका आधारमा सरकारले डेढ वर्षमा आर्थिक सहायताका नाममा झन्डै २५ करोड बाँडेको विषयमा सुवास भट्टले समाचार लेखेका छन् भने अमेरिका इरान तनाव, काठमाडौँस्थित अमेरिकी दूतावासमा सुरक्षा बढ्यो शीर्षकमा समाचार छापिएको छ । त्यस्तै पुनर्निर्माणको ४९ अर्ब ऋणमा भारतका सर्तैसर्त, खर्च अन्यत्र गर्ने तयारी शीर्षकले प्राथमिकता पाएको छ ।

कान्तिपुर दैनिक पत्रिकामा मुख्य पृष्ठमा इराकका नेपालीः ‘भित्र छौ , बाहिर थाहा छैन’ शिर्षकमा होम कार्कीले समाचार लेखेका छन् । त्यस्तै १२२ चिनीयाँलाई अभद् व्यवहार जरिवाना शीर्षकमा समाचार छापिएको छ । जसमा गैरकानुनी अनलाइन कारोबार, साइबर र सीमापार अपराधको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक विरुद्धको कसुर पुष्टि नभएपछि स्थानीय प्रशासनले ‘अभद्र व्यवहार’ मा जनही एक हजार रुपैयाँ जरिवाना गराएको भन्ने समाचारको सार रहेको छ । त्यस्तै स्कुल जानै डराए देवान शीर्षकमा समाचार छापिएको छ । यो समाचार रुपन्देहीको हो गृहकार्य नगरेको भन्दै शिक्षकबाट कुटिएका किशोर विद्यालय जान छोडेको समाचारमा जनाइएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकमामुख्य पृष्ठमा उखु किसानका समस्या सल्टाउन चासो , ‘भुक्तानी किस्तामा’ शीर्षकको समाचारलाई छापेको छ । यो समाचार राजेश बर्माले लेखेका छन् । त्यस्तै जिस्क्याए १० लाख जरिवाना शीर्षकको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ । यम विरहीले सो समाचार लेखेका हुन् । त्यस्तै खाडीका नेपालबारे चिन्ता, परराष्ट्र र श्रममन्त्रीसहित आकस्मिक बैठक भनेर चन्द्रशेखर अधिकारीले लेखेको समाचारले पनि प्रामिकता पाएको छ ।

राजधानी दैनिकमा आफ्नो मुख्य पृष्ठमा ठेकेदार शम्भु भारती छुटे, अदालत बाहिरै बसेर मुद्दा लड्न पाउने शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । जसमा सुडान घोटालामा भष्टाचार गरेको अभियोगमा थुनामा परेका ठेकेदार शम्भु भारतीको विषयमा समाचार रहेको छ । त्यस्तै राष्ट्रिय सभा निर्वाचन : १८ पदका लागि ४५ जनाको उम्मेदवारी शीर्षकको समाचार पनि छापिएको छ । त्यस्तैगरी मुख्य पृष्ठमै ट्राफिक नियम उल्लंघन गरे एक लाखसम्म जरिवाना शीर्षकका पनि समाचार छापिएको छ । भने चिनियाँ नागरिक पक्राउ प्रकरणको समाचारलाई पनि छापेको छ ।

नागरिक दैनिकमा नेपाली सञ्जाल : नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने शीर्षको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । त्यस्तैे राष्ट्रियसभामा १८ पदका लागि ४५ उम्मेदवार शीर्षकको समाचारलाई पनि छापेको छ । त्यस्तैगरी नेकपामा सभामुखले तनावः पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब शीर्षकमा टपेन्द्र कार्कीले लेखेको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ ।

वि.सं.२०७६ पुस २१ सोमवार ०८:१७ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...