back
CTIZAN AD

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

300 

shares

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ । उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन् ।

विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु छियाङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएको जनाएको छ ।

सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उनले चीनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण बस्तीमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालयमा सहयोगलगायत विभिन्न परियोजनामा सक्रिय योगदान पु¥याएको छ ।

त्यसैगरी, उनले विश्वविद्यालयको शैक्षिक विशेषता र अध्ययन वातावरणबारे चीनमा व्यापक प्रचार–प्रसार गरेकोमा विश्वविद्यालयले विशेष मूल्याङ्कन गरेको बताइन्छ । फलस्वरुप यसबाट धेरै चिनियाँ विद्यार्थीहरू विश्वविद्यालयमा आकर्षित भएका हुन् । उनकै प्रयासमा केही चिनियाँ विद्यार्थीहरू लुम्बिनी बौद्ध विश्वविद्यालयमा भर्ना भएका छन् ।

नवनियुक्त दूत फु छियाङले बौद्ध दर्शनशास्त्र अध्ययनमा आफ्नो शैक्षिक यात्रालाई अझ सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपालकै एक मात्र बौद्ध विश्वविद्यालयको पहिचान र बौद्ध धर्मको वास्तविक सार विश्वसामु प्रस्तुत गर्ने लक्ष्य लिएका छन् ।विश्वविद्यालयले पनि आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई अझ सशक्त बनाउने विश्वास लिएको छ ।

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १४:४० मा प्रकाशित

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...