back
CTIZAN AD

अमलटारी र पोखरी होमस्टेमार्फत जोडिँदै

वि.सं.२०७३ मंसिर २२ बुधवार

879 

shares

२२ मङ्सिर,कावासोती । थारू होमस्टे गाउँ अमलटारी र मगर होमस्टे गाउँ पोखरी होमेस्टेमार्फत जोडिँदैछन् । परम्परागत रुपमा ‘इष्ट’ सम्बन्ध भएका यी दुई क्षेत्रका थारू र मगर समुदायका बासिन्दा बदलिँदो परिस्थितिमा पनि व्यवसायिक सम्बन्धमा जोडिएका छन् ।

परम्परागतरुपमा महाभारत पर्वत शृङ्खला (पहाड)मा रहेका मगर समुदाय र तराईमा रहेका थारूबीच एकअर्को ठाउँमा उत्पादन भएको वस्तु साटासाट गर्दथे । तराईको धान पहाडका मगर समुदायमा पुग्थ्यो भने अहिले अमलटारी थारू होमस्टेमा आएका पाहुना मगर होमस्टे पोखरी पुग्ने गरेका छन् । पोखरी आएका पाहुना अमलटारी पुग्छन् ।

पहाडको सुन्तला, पिँडालु, अदुवा तराईका इष्टलाई मगर समुदायले ल्याइदिने गर्दथे भने तराईबाट धान र अन्य तरकारी पहाड लैजाने चलन भएको धौवादी गाविसका पूर्वअध्यक्ष झविलाल रानाले बताउनुभयो । जैविक विविधता संरक्षणमार्फत दिगो गाउँ बनाउने समान उद्देश्य यी दुवै होमस्टेको छ ।

पोखरी होमस्टे केरुङ्गे खोलाको सिरानमा पर्छ भने त्यही खोलाको तल्लो भाग अर्थात् तटीय क्षेत्रमा अमलटारी थारू होमस्टे रहेको छ । प्राकृतिकरुपमा समेत यी दुवै ठाउँका बासिन्दालाई खोलाको व्यवस्थापनले सताउने गरेको छ ।

पहिरोको चिन्ता पोखरीमा बस्नेलाई छ भने अमलटारीमा बस्नेलाई त्यसको थेग्रान र डुबानको समस्याले पिरोल्ने गरेको छ । ३१ घर मगर समुदाय मात्रै रहेको पोखरी र २२ घर थारू समुदाय रहेको अमलटारीमा होमस्टेको संस्कृतिले एकातिर मगर संस्कृति र थारू संस्कृतिको संरक्षण भएको छ । अर्कोतिर आम्दानीको गतिलो स्रोत बनेको छ । पोखरीका शेरबहादुर सारुका अनुसार जङ्गली जनावर हेर्न चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक हिमशृङ्खला हेर्दै टे«किङमा रमाउन पोखरी आउने गरेको बताउनुभयो ।

दुवै होमस्टेमा पुग्ने विन्दु हो पूर्वपश्चिम राजमार्गको डण्डाबजार । डण्डाबजारबाट सात किलोमिटर दक्षिण पुगेपछि अमलटारी थारू होमस्टे पुग्न सकिन्छ भने डण्डाबजारबाट नै २३ किलोमिटर उत्तरमा मगर होमस्टे पोखरी पुग्न सकिन्छ । अमलटारीमा एकसिङ्गे गैँडा हेर्न आउँछन् भने पोखरीमा लोपोन्मुख घोरल हेर्न आउँछन् । ३५ किलोमिटर लामो केरुङ्गे खोलाको शिर एकहजार आठसय मिटर अग्लो स्थानमा रहेको छ ।

उत्तर दक्षीण बग्ने खोला हाम्रो दुवैका साझा समस्या हो अमलटारी थारू होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले भन्नुभयो—“जैविक विविधताको संरक्षणले मात्रै दिगो जीविकोपार्जनको आधार हुन्छ, त्यसले यसको समाधान गर्नुपर्छ ।”

पर्यापर्यटनको आधार नै दिगो गाउँको आधार भएको दुवै होमस्टेका समान धारणा छन् । पोखरीको घोरल क्षेत्रदेखि जैविकमार्गकारुपमा अन्नपूर्ण क्षेत्रसम्म पुग्ने आधार तयार भइरहेको जैविक विविधता संरक्षण सरोकार समाजका कोषाध्यक्ष मेखबहादुर पुलामीले बताउनुभयो । म आफैँ पनि मगर होमस्टे गएको छु, दृश्यावलोकनका लागि यो ठाउँ उत्कृष्ट गन्तव्य हुन्छ, अमलटारी थारू होमस्टेका अध्यक्ष मर्दनियाले भन्नुभयो ।

मगर होमस्टेमा पुग्ने पाहुनाले मगर जातिको कौरा, झ्याउरे गीतमा रमाउन पाउँछन् । थारूको लठ्ठी नाच लगायतका नाचमा थारू होमस्टेमा रमाउन सकिने भएकाले संस्कृतिका बारेमा अध्ययन गर्नेका लागि यी दुबै होमस्टे महत्वपूर्ण रहेका छन् । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०४:५२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...