back
CTIZAN AD

आधार चाका घारमा राख्न थालेपछि मह उत्पादनमा वृद्धि

वि.सं.२०७३ मंसिर २२ बुधवार

933 

shares

२२ मङ्सिर,पाल्पा । मौरीको आधुनिक घारबाट चाकाको मह निकालेर फेरि आधार चाका घारमा नै राख्न थालेसँगै मह उत्पादनमा वृद्धि हुँदै आएको छ ।

यहाँका मौरीपालन गर्ने किसानले चाकाबाट मह निकालेर फेरि आधार चाका घारमा राख्दा एक महिनामा चार–पाँच पटकसम्म मह निकाल्न सकिँदो रहेछ भन्ने प्रमाणित गर्ने नमुना कृषक पाल्पा बराङ्दीका पशुपति बस्याल हुन् ।

यो पद्धतिको प्रयोग गरी मौरीपालन गर्ने यहाँका किसानले महिनामा चार–पाँच पटकसम्म मह निकाल्न थालेपछि मौरीपालन गर्ने किसान खुसी छन् । बस्यालका अनुसार असोज, कात्तिक, चैत र वैशाख महिनामा चार–पाँच पटकसम्म मह निकाल्न सकिन्छ ।

चाकाका दायाँ र बायाँ भागबाट चक्कु वा चम्चाले मह काटेर निकाल्न सकिन्छ भने चाकाको बीच भागको आधार चाका फेरि घारमा नै राख्ने गरिन्छ । यसरी आधार चाका घारमा राख्दा मौरीलाई चाका बनाउन सजिलो हुने र मह पनि बढी उत्पादन गर्न सकिने बस्याल बताउनुहुन्छ ।

परम्परागत काठको घारका चाका नै निकाल्दा मौरीलाई चाका र मह हाल्न बढी समय लाग्ने गरेको किसान बताउँछन् । आधार चाका घारमा फेरि राख्दा मौरीलाई चाका बनाउन समय नलाग्ने र चाकामा मह मात्र हालेपछि बढी उत्पादन हुने बस्यालले बताउनुभयो ।

बस्यालकी श्रीमती बिमला बस्यालले टाउकोमा मह निकाल्दा प्रयोग गरिने टोपी लगाउनुभयो र घारबाट मौरी सहितको महका चाका निकाल्नुभयो, बिस्तारै चाकाका बाहिर रहेका मौरीलाई चम्चाको सहायताले हटाउनु भएपछि आधार चाकालाई सुरक्षित राख्दै कचौरामा मह निकालेर पाहुनालाई दिनुभयो ।

केही मह निकालेपछि फेरि आधार चाकालाई घारमा राख्नुभयो, चरन गएका मौरी आएर घारमा प्रवेश गर्दा मह निकालेको मेसो मौरीले नै पाएनन् । यो पद्धतिबाट मह निकाल्दा मह बढी र छिटो मह निकाल्न सकिने बस्याल बताउनुहुन्छ ।

एकपटक घारमा हालेपछि पटकपटक मह

बराङ्दी गाविस–९, धापखोलाका पशुपति बस्यालले यही पद्धतिको प्रयोग गरेर महिनामा चार–पाँचपटक मह निकाल्नुहुन्छ । उहाँका सयभन्दा बढी आधुनिक घारबाट वार्षिक रु तीन–चार लाख आम्दानी गर्न सफल भएको बताउनुहुन्छ ।

स्थानीय बजारमा प्रतिकिलो आठसय रुपैयाँमा महको कारोबार हुन्छ । उहाँले वार्षिक ३०० देखि ५०० किलो मह उत्पादन गर्ने बताउनुहुन्छ । घरको छत, बारीमा समेत उहाँका आधुनिक घार प्रशस्त छन् । घारका विभिन्न भाग र बारीमा समेत मौरी पालेर आम्दानी गर्ने उहाँ यहाँका नमुना किसान हुनुहुन्छ ।

मौरीपालन गरेपनि मौरीले आहारा आफैँ खोज्ने हुँदा यो पेसा सफा, सुन्दर र परिश्रम गर्न नपर्ने पेसाका रुपमा लिइन्छ । मौरीको घारमा एकपटक मौरी राखेपछि पटकपटक मह निकाल्न सकिने सजिलो पेसाका रुपमा लिइन्छ । चिउरीको वन, म्याल, सुन्तलाको बगैँचा, आरु, तोरीको बगान भएका क्षेत्रमा बढी मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये चिउरीबोट भएको क्षेत्रमा अझै छिटो मह निकाल्न सकिने बस्यालको भनाइ छ ।

बराङ्दी–५ का मानबहादुर लम्तरीका अनुसार फलफूल फुल्ने समयमा एउटा आधुनिक घारबाट पाँचदेखि १५ किलोसम्म मह उत्पादन गर्न सकिने बताउनुभयो ।

विषादीको प्रयोगले मौरीलाई असर
तरकारी उत्पादन बढाउन र किरा मार्नका लागि प्रयोग गरिने विषादीले मौरीलाई ठूलो असर हुने बस्याल बताउनुहुन्छ । तरकारीमा छर्ने विषादीले मौरी मर्ने भएकाले तरकारी र मौरीपालन व्यवसाय सौतासौतीजस्तो व्यवहार भएको बस्याल बताउनुहुन्छ ।

मौरी चर्न जाने बाटोमा तरकारीमा विषादी प्रयोगले मर्ने गरेका हुन् । विषादी प्रयोग गरेको क्षेत्रमा मौरी हिँड्डुल गर्दासमेत मर्ने गरेको पाइन्छ । व्यावसायिक तरकारी खेतीका नाममा विषादीको अत्यधिक प्रयोगले मौरीपालन गर्ने किसान भने मर्कामा परेका छन् । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०४:५० मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...