२२ पुस, काठमाडौँ । लोक सेवा आयोगलाई राजपत्र अनंकित प्रथम श्रेणी (नायबसुब्बा)को विज्ञापन गर्ने बाटो खुला भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सोमबार लोक सेवा आयोग केन्द्रीय कार्यालयलाई पत्राचार गरेको हो।
जसमा कम्युटर अपरेटर पद बाहेकका सबै पदमा विज्ञापन तथा पदपूर्तिको कार्य अगाडि बढाईदिन अनुरोध गरेसँगै लोक सेवा आयोगलाई विज्ञापन गर्ने बाटो खुलेको हो । आयोगकोे अब पुस अन्तिम साताको बुधबार नायब सुब्बाको विज्ञापन गर्ने तयारी छ ।
संघमा समायोज भएका कर्मचारीहरुको पदस्थापन गर्ने कार्य भईसकेको साथै अनिवार्य अवकाश तथा राजिनामाबाट समेत दरवन्दी रिक्त रहेकाले पदपूर्ति नहुदा जनशक्ति अभाव हुने भएकाले विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, केन्द्र, कार्यलय, निकायहरुबाट पदपूर्ति गर्नको लागि अनुरोध भई आएकाले पदपूर्तिको कार्य अघि बढाएको मन्त्रालयले जनाएको छ ।
१६पुसमा मात्रै मन्त्रालयले सबै निकाय,मन्त्रालय, विभाग र कार्यालयहरुलाई पत्राचार गर्दै तत्कालका लागि कर्मचारी माग नगर्ने अनुरोध गरेको थियो । तर त्यसको ठिक पाँचदिन पछि मन्त्रालयले आयोगलाई पत्र लेख्दै, कम्युटर अपरेटर पद बाहेकका सबै पदमा विज्ञापन तथा पदपूर्तिको कार्य अगाडि बढाईदिन अनुरोध गरेको हो ।

वि.सं.२०७६ पुस २२ मंगलवार ०८:२६ मा प्रकाशित






























