back

कञ्चनपुरको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी भेटिए

वि.सं.२०७६ पुस २२ मंगलवार

243 

shares
RBB AD
NTC AD

२२ पुस, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् ।

जलपन्छी गणनाका क्रममा एकै तालमा धेरै प्रजातिका जलपन्छी देखा परेका हुन । पुरैनी ताल जलपन्छीका लागि प्रख्यात रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घलगायत कार्यालय तथा संस्थाका प्रतिनिधिले जलपन्छी गणनाको कार्यलाई अगाडि बढाएका छन् ।

जलपन्छी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भु्ँडिफोर गरुड, कैले टाउके हाँसलगायत देखा परेको पन्छीविज्ञ हिरुलाल डगौराले बताए । जनवरी ४ देखि शुरु गरिएको जलपन्छी गणनाका क्रममा रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपन्छी अनुगमनको कार्य गरिएको छ । गणनाको कार्य जनवरी १९ तारिखसम्म जारी रहने छ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणनाको कार्य हुँदै आएको छ ।

“वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी जलपन्छी अनुगनको कार्य गरिरहेका छौँ”, उनले भने, “कुनै क्षेत्रमा स्थलगत रुपमा पुगेर र कुनै ठाउँमा डुङगालगायतमा चढेर समेत अनुगमन भइरहेको छ ।” बासस्थानमा सुधार र आहारा प्रजातिको संरक्षणमा टेवा पुगेपछि विगतका वर्षहरुको तुलनामा जलपन्छीको सङ्ख्या उत्साहजनक देखिएको उनको भनाइ छ ।

तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्था बारेमा समेत अध्ययनको कार्य भइरहेको छ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सिमसार क्षेत्र र तालतलैया, नदी जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने पन्छी विज्ञ डगौराको भनाइ छ । उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाई सार्दै पाहुना जलपन्छी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

गत वर्षको जलपन्छी अनुगमनमा ५८ प्रजातिका तीन हजार ६४१ जलपन्छी फेला परेका थिए । सिमसार क्षेत्रमा बच्चाकोर्लेर जलपन्छी चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन् ।

वि.सं.२०७६ पुस २२ मंगलवार १६:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि...

चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन

चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन

बैतडी । जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला...

टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

टीकापुर । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि...

पालिकाले दिने भयो किसानलाई  ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

पालिकाले दिने भयो किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

गोदावरी (कैलाली) । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध...

कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामाः मन्त्री भण्डारी

कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामाः मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त...